समयलाई चिन्न जरुरी छ

 

हामी नेपालीहरुले समयलाई चिन्न सकिरहेका छैनौं । समयको महत्व समेत बुझ्न र बुझाउन सकेका छैनौं । समयको यति धेरै महत्व छ कि हामीले चाहेर पनि एक मिनेट घटाउन वा बढाउन सक्दैनौं । ठिक समयमा ठिक काम गर्न नसक्ने हो भने कुनै पनि व्यक्ति लक्ष्यमा पुग्न सक्दैन । हाम्रा इच्छा आकांक्षाहरु पनि पुरा नहुने एउटा मूख्य कुरा त्यही नै हो । हामीले समयलाई व्यवास्ता गरिरहेका छौं । हाम्रा व्यक्त गरिएका वा नगरिएका सवै ईच्छा आकांक्षाहरु त्यसै त्यसै मरेर गईरहेका छन् ।

हामी प्रत्येक सचेत व्यक्तिहरुले व्यक्त वा अव्यक्त रुपमा केहि न केहि सोचिरहेका छौं । ति सोचहरुलाई व्यवहारमा रुपान्तरण गर्न निकै चुनौति छ । ति सवै सोच र उदेश्यहरु पुरा गर्नका लागि समयलाई अति नै सदुपयोग गर्न जरुरी छ । समय एक मिनेट पनि खेर फाल्न हुँदैन ।

समयको महत्व त्यतिवेला थाहा हुन्छ, जतिवेला हामी समयकै कारण दुख पाउछौं । समयभन्दा एकमिनेट ढिला भएमा गन्तव्यमा पुग्नुपर्ने गाडि छुट्छ । समयभन्दा आधाघण्टा ढिला भएमा परीक्षामा हामी पास नै हुन सक्दैनौं । ५ मिनेट समय भैदिएको भए म पास हुन्थे वा सवै प्रश्न हल गरेर राम्रो अंक ल्याउन सक्थे भन्ने हुन्छ । समय भन्दा एक दिन ढिला भएमा लोकसेवा दिने समय फुत्किन्छ । यो त्यतिवेला महसुस हुन्छ, जुन दिन उमेरका कारणले लोकसेवा दिन पाईदैन ।

त्यति मात्रै होइन समयमा विबाह नहुने हो भने कतिपयले जीवनभर एकल जीवन विताउनुपर्ने हुन्छ । समयमा खेती गरिएन भने किसानले अन्नपात वेसाउनुपर्ने हुन्छ । त्यति मात्रै पनि होईन, विहान समयमा नउठ्ने हो भने हाम्रो धेरै काम नोक्सान भईरहेको हुन्छ । आज गर्ने भनेको काम भोलि र भोलि गर्ने भनेको काम पर्सी हुँदै कामको भार थपिदै जान्छ । हुँदा हुँदा हामी कुनै पनि काम समयमा गर्न सक्दैनौं । हराएको माछा ठूलो हुन्छ भनेझैं जब समय फुत्किन्छ, अनि हामीलाई लाग्छ, अलिकति समय भैदिएको भए यति त सफल हुन सकिन्थ्यो, यति काम त पुरा गर्न सकिने थियो ।

अतः समयको निकै महत्व छ, ठिक समयमा उठ्ने गरौं, ठिक समयमा सुत्ने गरौं । लक्ष्य र उदेश्य बनाएर काम गरौं ।
साथिभाइ, ईष्टमित्र वा आफन्त जो कसैसित पनि ठिक्क मात्र समय विताउने गरौं । जब हामी समयलाई व्यवास्ता गर्दछौं, त्यसपछि मात्र होस् खुल्दछ । आफ्नो उमेरका भनौं वा दौंतरी भनौं राम्रो सफलता पाएको अवस्थामा आफूलाई त्यस हैसियतमा नदेख्दा बल्ल पछुतो लाग्दछ । मान्छे जानी जानी विग्रन्छ भने झैं बल्ल केहि कमी कमजोरी भएको याद हुने गर्दछ । यो हामी अधिकांश नेपालीहरुको दिनचर्या नै हुने गरेको छ ।

केहि प्रविधिका कारण हामी समयलाई खेर फाल्न बाद्य छौं भने अधिकांश समय भने हामै्र लापरबाहीका कारण खेर गईरहेको छ । जसका कारण हामी लक्ष्य र उदेश्यमा पुग्न सकिरहेका हुँदैनौं । त्यसैले समयलाई बुझौं, चिनौं र सोहि अनुसार चल्ने गरौं वा समयको सदुपयोग गरौं ।

प्रतिक्रिया दिनुहोस

<