नेपाल अन्तर्रा्ष्ट्रिय शैक्षिक हब बन्नुपर्छ – नेता खनाल

      जेठ ११ गते, २०७६
शीर्ष समाचार

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले शिक्षा प्रणालीमा युगानुकूल परिवर्तन गरी नेपाललाई अन्तर्रा्ष्ट्रिय शैक्षिक हब बनाउनुपर्ने बताएका छन् ।

‘ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसन’ को आयोजनामा आज गरिएको ‘नेपाली र ग्लोबल शिक्षा प्रणाली’ विषयक बहस कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले मुलुकबाट विद्यार्थी विदेश जाने क्रम नरोकिएकाले अब विश्वका विद्यार्थी स्वदेशमा ल्याउन सक्नुपर्नेमा जोड दिनुभएको हो ।

उनले भने, “नेपाल प्राकृतिक रुपमा अति सुन्दर छ, उच्चशिक्षाका नाममा अहिले पनि हाम्रो अबौँ रुपैयाँ विदेशिने क्रम रोकेर अब विदेशी विद्यार्थी यहाँ ल्याएर नेपाललाई अन्तर्रा्ष्ट्रिय शैक्षिक हब बनाउनुपर्छ ।”

उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ को सुझावबमोजिम गुणस्तरीय शिक्षा र मानवीय जनशक्तिको उपयोगका लागि सरकारले योजनाबद्ध काम गर्नुपर्ने बताए । फाउण्डेसनका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति नेपालमै उत्पादन गराउनु लाग्नुपर्नेमा जोड दिए ।

शिक्षाविज्ञ डा जीवन खनाल र योगराज उपाध्यायले शिक्षाका नवीनतम् अन्तर्रा्ष्ट्रिय अभ्यासलाई आत्मसात् गरी खोज अनुसन्धानमूलक शिक्षा प्रणाली विकास गर्नुपर्ने बताए । प्रदेश नं ३ का प्रदेशसभा सदस्य केशव पोखरेलले प्रदेश सरकारले पनि नयाँ शिक्षानीति तर्जुमा गर्ने जानकारी गराए। अनेरास्ववियुका नेता रश्मी आचार्यले शिक्षालाई उत्पादनसँग अनिवार्यरुपमा जोडेमा मात्र समृद्धि हासिल हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

<