काम सम्पन्न याेजनाकाे भुक्तानी पाउनै सास्ती 

दुर्गा विसि।
सल्यान,  ११ बैशाख ।
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा योजना सम्पन्न भएका भुक्तानी पाउनै जुलम देखिन्छ  । १ सय ९३ वटा याेजनामा अहिलेसम्म ७० वढि याेजना सम्पन्न भैसकेका छन् । सम्पन्न भएका याेजनाकाे भुक्तानिका लागि उपभोक्त धाउँदा धाउँदा हैरानीमा परेका छन् । बनगाड कुपिण्डे नगरपालिकामा  नयाँ कार्यकारी मनाेज रेग्मी अाए देखि झन काममा सुस्तता वढेकाे छ ।
याेजना सम्पन्न भैइ भुक्तानी लिन धाउन थालेको मंसिर देखि हाे अहिलेसम्म १५ पटक गैसके तर भाेलि अाउनुहाेस भन्दा हैरानी भएको जनता प्रावि अाँपखाेलि घेरवार वाला उपभोक्त समितिका सिमल भाटकाे दुखेसो छ ।त्यसै काम सकिएको ४ महिना भयाे व्याज कारेर काम गरायो तर अहिलेसम्म भुक्तानी नपाउदा व्याज तिरिरहेकाे अर्को समितिका पदाधिकारी तथा स्थानीय प्रकाश वस्नेत भनाइ रहेको छ ।नगरमा नयाँ हाकिम अाए पछि कामकाजमा छिटाेछरिता हाेला भनिएको थियोे तर कार्य सम्पादनका कुरा समेत हाल आएर शुन्य गतिमा छ । नगरका कार्यकारी रेग्मी कमै कार्यालयमा वस्ने, काम अरु अरुलाइ पन्छाउने र अाफु उम्मिने दाउमा छन् ।
टेवुलमा फाइल लिएको मन नपराउने हाकिमका कारण काम सुस्त छ । सेवा ग्राही मारमा छन् । हरेक उपभोक्त समितिका भुक्तानीका कामकमज ठप्प रहेका छन् ।गाउँमा सयकडा ५ प्रतिशतका दरले व्याज तिरिरहेका उपभोक्त अहिले हैरानीमा परेका छन् ।नपाउने ठुलो दुख पाइयो । एक दिनमा हुने काम ४ दिन लगाइन्छ अर्को वडा १२ निगालचुलाबाट ५ घण्टा हिडेर नगरमा पुगेका अर्को स्थानीयकाे पनि त्यसै दुखेसो थियोे ।
याे हुनुमा सबै दाेष नगरका कार्यकारिको भएको अन्य कर्मचारीहरुकाे भनाइ छ । स्थानीय तहमा नयाँ र  अनुभव कम भएका प्रशासकीय प्रमुखका कारण भुक्तानीका सवालमा जटिलता थपिएको छ ।हुने भन्दा नहुने नियम थुपारेर उपभोक्ताले ठुलो सास्ती खेपिरहेकाे जनाएको छ।विगतका वर्षहरुमा यस्तो अवस्था थिएन तर अहिले आएर उपभोक्तले भुक्तानीका कुरा दुख झेलिरहेका छन् भने भुक्तानी समेत पाउन सकिरहेका छैनन् । हरेक काममा छिटोछरितो भन्दा झन्झटिलो वनाउने वनाउने कामले यहाँका स्थानीयले नगरबाट पाउने सेवामा दुख झेलिरहेका छन् ।१ सय ९३ वटा याेजनामा हाल सम्म ७० वढि याेजना सम्पन्न भैसकेका छन् ।
अहिलेसम्म जम्मा २ वटा याेजनाकाे मात्रै भुक्तानी भएको वुझिएको छ ।नगरमै र कार्यलमा अधिकतम कम वस्ने हाकिमका कारण हाल नगरका कामकाज लथालिङ्ग अवस्थामा छन् । यस्तोतिर जनप्रतिनिधिकाे ध्यान जान सकिरहेको छैन । सेवा ग्राहिले नपाउने सास्ती झेलिरहँदा पनि जनप्रतिनिधि मौन छन् । मंसिरमा सम्पन्न गरेका याेजनाकाे भुक्तानी हालसम्म पनि हुन सकिरहेको छैन । नगरमा धाउँदा धाउँदै उपभोक्त हैरानी परेका छन् ।

प्रतिक्रिया दिनुहोस

<