विभिन्न क्षेत्रबाट कपुरकोटलाइ सहयोग, कोरोना विरुद्ध एकजुट हुनुपर्ने भनाइ

बैशाख १३, सल्यान

सल्यानको कपुरकोट गाउँपालिकामा बैंक तथा समाजसेवीहरुले राहत प्रदान गरेका छन् । ज्योति विकास बैंक लगाएत व्यवशायी, कर्मचारी र समाजसेवीले कपुरकोट गाउँपालिकामा राहत जम्मा गरेका छन् ।
कपुरकोट ३ निवासी मधुसुदन गिरीले १ हजार २ सय ५० किलो चामल, ५० लिटर तेल र ५० किलो नुन गरी जम्मा ८० हजार रुपैया बराबरको सामान उपलब्ध गराएका छन् । संकटको समयमा सहयोग गर्न आवश्यक रहेको परिवारको तर्फबाट प्रदान गरिएको जनाउदै समाजसेवी गिरीले कोरोना संगको लडाइमा सबै एकजुट हुनुपर्ने बताए ।

यस्तै ज्योति विकास बैंक कपुरकोट शाखाले ५० हजार बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको छ । बैंकका शाखा प्रवन्धक वीरेन्द्र बहादुर ऐडीले चामल ७५० किलो , दाल ५० किलो, नुन ५० किलो, तेल ५० लिटर उपलब्ध गराए । बैंकले आफ्नो क्षेत्रबाट गर्दै आइरहेको सामाजिक उत्तरदायीत्व कार्यक्रम बमोजिम कपुरकोटको राहत कोषमा खाद्यान्न सहयोग गरेको प्रवन्धक ऐडीले बताए ।

 

त्यस्तै कालिका ग्यारियज एण्ड वायर ईन्ड्रस्टीज नेपालगञ्जका संचालक प्रेम कठायतले ३०० किलो चामल, २५ किलो दाल, १७ लिटर तेल र १२ किलो नुन तथा कपुरकोट स्वास्थ्य सेवा क्लिनिकका संचालक अशोक बुढाथोकीले पनि २०० किलो चामल र १६ किलो नुन राहत कोषमा जम्मा गरेका छन् । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले १२ हजार रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।

त्यस्तै उद्योग वाणिज्य संघ सल्यानले कपुरकोट गाउँपालिकाबाट राहत उपलब्ध गराउने कार्य शुरु गरेको छ । जिल्लाका दश वटै स्थानीय तहलाई कोरोना संक्रमण रोकनका लागि आर्थिक सहायता उपलब्ध गराइने वाणिज्य संघले जनाएको छ । कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहयोग गुर्याउने उद्देशयले एक स्थानीय तहलाई १५ हजार रुपैयाँको दरले आर्थिक सहायता उपलब्ध गराउन लागेको उद्योगा पाणिज्य संघ सल्यानका अध्यक्ष वीर बहादुर चलाउनेले बताए ।

प्रतिक्रिया दिनुहोस

<