समाज माथि उठ्न सवै शिक्षित हुनुपर्छ

हाम्रो समाजमा अँझै पनि विभिन्न प्रकारका विकृति, विसंगतिहरु छन् । ति विकृति र बिसंगतिहरुको अन्त्यका लागि शिक्षा नै प्रमुख कुरा हो ।

शिक्षित समाजमा धेरै कुराहरुमा सुधार हुन्छ । विभेदहरु अशिक्षित समाजमा नै बढी हुन्छ । अहिले पनि कथित दलित वर्गका मानिसहरु शिक्षित र माथिल्लो ओहदामा पुगेको अवस्थामा उनीहरु अपहेलित छैनन् ।

तर शिक्षामा पनि कमजोर र आर्थिक अवस्थामा पनि कमजोर छन् भने तीनीहरुको अवस्था समाजमा कमजोर देखिन्छ । जस्ले अरुहरुलाई समेत रोजगारी दिन सकेको छ, उनीहरु सम्मानीत छन् । जब कुनै पनि प्रकारले अगाडि बढ्न सक्दैन भने तीनीहरु त्यसैपनि अपहेलित हुन्छन् । यस्र्थ आफ्नो जीवनशैली राम्रो छ भने अरुहरुबाट पनि सम्मान पाईन्छ ।

आफ्नो जीवनशैली र जीवनस्तर कमजोर छ भने उनीहरुको सामाजिक स्तर पनि खस्किएको देख्न सकिन्छ । जो कथित दलित भएर पनि शिक्षक, डाक्टर, वकिल, न्यायाधिस, कुनै कम्पनीका मालिक या उद्योगपति छन् या उच्च राजनैतिक हैस्यितमा छन्, उनीहरु आज स–सम्मान जीवन व्यतित गरिरहेका छन् ।

यस्र्थ स्माजमा स्म्मानित जीवन जीउन सवैभन्दा पहिले शिक्षित बन्न जरुरी छ । शिक्षित भैसकेपछि कुनै न कुनै रोजगारीमा संलग्न हुन जरुरी छ । शिक्षा, आर्थिक हैसियत र जीवनशैलीमा सुधार हदै सामाजिक हैसियत उच्च भयो भने कोहि पनि अपहेलित हु न सक्दैन ।

आज आर्थिक सामाजिक हैसियत कमजोर भएका उच्च जातीहरुले पनि समाजमा हेपिनुपरेको छ । अरुको भरिया बन्दै हिड्नेहरु बाहुन भएता पनि कमजोर अवस्थामा छन ।

सामाजिक हैसियत उच्च हुन आर्थिक हैसियत पनि महत्वपूर्ण पक्ष हो । आज आफ्नो छिमेकीले ठूलो घर बनाएको छ र आफ्नो घर सानो छ भने त्यसैपनि कमजोर महुसुस गर्ने अवस्था छ । आत्मविश्वास र मनस्थिति नै कमजोर भएपनि जसलाई पनि अरुबाट हेपिएको आभाष हु न्छ ।

यस्र्थ मानिसले आत्मविश्वास पनि बलियो बनाउन आवश्यक हुन्छ । कतिपय अवस्थामा अधिकार कागजमा लेखेर मात्रै पनि पाईदैन । आफ्नो अधिकार के के हो र जिम्मेवारी के के हो भनेर व्यवहारमा पनि लागु गर्न सक्नुपर्दछ ।

सारांशमा के भन्न सकिन्छ भने सामाजिक हैसियत उच्च बनाउने पहिलो आधार शिक्षा नै हो । शिक्षाले रोजगार पाउन सकिन्छ, रोजगारले आर्थिक हैसियत बलियो हुन्छ र आर्थिक अवस्थामा सुधार भएसंगैै मानिसको जीवनशैली राम्रो बन्छ ।

उच्च या राम्रो जीवनशैली छ भने समाजमा कसैबाट हेपिनु र दविनुपर्दैन ।

प्रतिक्रिया दिनुहोस

<