यस्ता छन् गरिबीले निम्त्याउने समस्या

जब परिवारमा गरिबी हुुन्छ, घरमा अभाव हुन्छ । अभाव भएपछि भगडा शुुरु हुन्छ । झगडाले तनाब बनाउँछ । केटाकेटीको दिमागमा नकारात्क असर पर्न सक्छ । पढाईमा बाधा हुन सक्छ । कुरा यतिमैमा टुंगिदैन । जब परिवारमा गरिबी बढ्छ । विरामी परेमा उपचार गर्ने पैसा हुदैन । छोराछोरीलाई राम्रो शिक्षा दिन सकिदैन । साहुले ऋण दिदैन, छिमेकीले सरसापट गर्दैन, बैंकले ऋण दिदैन, आफन्तले पनि सहयोग गर्दैन, इष्टमित्र परपर भाग्छन् ।

गरिबी बढ्दै गयो भने भने पशलेले उधारो सामान दिदैन, दिदीबहिनी चाडपर्वमा पनि आउन छोड्छन् । साथीभाइले नदेखेझैं गर्छन् । त्यसैगरी गरिबीले खाना खानै मनाग्ने या भोक नलाग्ने बनाउछ, निद्रा कम लाग्ने बनाउछ, अरुसामू प्रस्तुुत हुन या समाजमा जाना समेत अफ्ठयारो महसुुस बनाउछ । मान्छे एकोरिन थाल्छ या या आत्महत्या गर्ने मुडमा पुग्दछ या मानसिक सन्तुुलन गुम्न पुग्छ । साहु महाजनको दिनदिनैको बचनले जग्गाजमिन बेच्ने या बसेको ठाउँ नै छोड्नुपर्ने अवस्था आउन सक्छ । यसैप्रकार नै गरिबीले परदेश लगाउछ । यदि हिनता बोध नै नगर्ने खालका मान्छेहरु भए चोरी डकैति वा अन्य गलत धन्दामा लाग्नसक्दछन् ।

चरम गरिबीका कारण गरिबहरुको आफू बसेको स्थानमा मानसम्मान हुुदैन । समाजले पत्याउन छोड्छ या सामाजिक जिम्मेवारीबाट पनि अलग्गीनुुपर्ने हुन्छ । गरिबीले थप काम गर्ने हौशला पनि दिदैन । गरिबसंग बजारमा बस्तु किनमेलमा बार्गेनिङ गर्ने क्षमता हुदैन । गरिबसंग ढुुक्कले मध्यम या सम्पन्न वर्गका मानिसहरुसंग बोल्नसक्ने अवस्था पनि रहदैन । यस्तो अवस्थामा परिवारका सदस्यहरु पनि गलत बाटोमा लाग्न सक्दछन् ।

जुन व्यक्ति वा परिवारलाई गरिबीले सताएको हुन्छ, त्यस्ता व्यक्ति वा मान्छेहरु एकलकाँटे स्वभावका हुन्छन् । पीडामा परेको व्यक्तिको स्वभाव रुखो हुन्छ । परिवारमा गरिबी बढ्यो भने भनेजस्तो लगाउने बस्तु किन्न सकिदैन । भनेजस्तो खानेकुरा किन्न सकिदैन । गरिबी बढ्दै जाँदा मान्छे एक्लो हुनुुपर्ने अवस्था रहन्छ । सहयोगी मित्रहरु निकै कम हुन्छन् । समय अनुसारको खानेखुरा नपाउनु, फलफुल र तरकारी किन्न नसक्नु, समय समयमा नास्ता खाना नसक्नुले सन्तानमा कुपोषण बढ्ने समस्या त्यत्तिकै रहन्छ । छोराछोरी पढाईलेखाईप्रति ध्यान नदिने अवस्थामा पुग्दछन् । गरिबी साँच्चै बढ्यो भने साहुले झनै पैसाको लागि अत्याईरहेका हुन्छन् । इष्टमित्रले पनि मानसम्मान गर्न छोडिसक्दछन् ।

परिवारमा जब चरम गरिबीको अवस्था आँउछ, त्यसपछि मान्छे जन्मभूमि त्यागेर परदेश जाने सोच बनाउछ । छोराछोरी र श्रीमतीले पनि घरमूलिले भनेको कुरा नटेर्ने अवस्था आउछ । यसरी गरिब देशका जनतामा कति धेरै पीडा हुुन्छ भन्ने कुुरा सजिलै आँकलन गर्न सकिन्छ । अतः यसप्रकारको समस्याबाट मुक्ति बनाउन राज्यको भूमिका आवश्यक छ । राज्यले सवै नागरिकलाई न्यूनतम आधारभूत रोजगारी दिनुुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

<