नेपालमा कम्यूूनिष्ट सिद्धिने खेल सुुरु, तत्कालका लागि भारतीय स्वार्थ पुुरा

 

नेपालमा कम्यूनिष्ट एकता भएको छिमेकी भारतलाई पटक्कै मन परेको थिएन । केपी सरकारले कतिपय निर्णय नेपालको राष्ट्रिय हितमा गरेका कारण पनि भारत केपी सरकारप्रति रुष्ट थियो । भारतीयले लगाएको नाकाबन्दीमा पनि नझुुकेका र भारतले मिचेको नेपालको भूमि नेपालकै भएको भन्दै नक्सा समेत जारी गरेको कुराले भारत भित्रभित्रै छटपटाईरहेको थियो ।

हुनत ती दुवै कामहरुमा नेता प्रचण्ड लगायत प्रमुुख नेताहरु र आम नेपालीहरुको सहयोग एबं समर्थन पनि थियो । तर पनि सरकारमा बसेर नेतृत्व गर्ने काम तीनै केपीले गरेका थिए । भित्रभित्रै असन्तुुष्ट भारतले विभिन्न छलकपट र षडयन्त्र गर्दैआएको थियो ।

एकातिर सरकार र विशेष गरी केपी ओलिसित सम्बन्ध सुधार हुुदै गएको भन्दै भेटघाटलाई बाक्लो बनाउने र अर्कोतिरि केपी ओलिप्रति सत्ता स्वार्थमा कुुरा नमिलेका प्रचण्ड लगायतका नेताहरुसित पनि भेटघाट गर्दै दुवैलाई आ–आफ्नै तर्क र अडान ठिक भएको देखाउदै शीतयुुद्धमा फसाउने काम भारत लगायत सरकारविरोधी तत्वहरुले गर्दै आएका थिए ।

पर्दापछाडि बसेर दुवैलाई राम्रो र ठिक देखाईदिएपछि दुवैतिर आ– आफ्नै अडान र तर्क बलिया बन्दै गए । एकता हुनका लागि कमजोरी गर्नेलाई मात्रै सच्चिनुुपर्ने सुुझाव दिनुुपर्छ वा विपक्षीलाई समेत कन्भिन्स गरेर अगाडि जानुुपर्ने हुुन्छ । तर देख्दा असल व्यबहार गरेको देखाउने भारतले अन्ततः नेपालमा कम्यूनिष्ट सिध्याउने खेल सुुरु गराएरै छाड्यो । पार्टी फुुटेको अब घोषणा मात्रै गर्न बाँकी छ, करीब करीब जिल्ला र गाउँ गाउँसम्म पनि फरक–फरक गुुटको निर्माण भैसकेको छ ।

हुनत कम्यूूनिष्ट सिद्धिय पनि अर्को शक्ति उदाउला, दलविहीन वा सरकारविहीनको अवस्था नआउला, तर बलियो सरकार भएर ठूूला काम र निर्णयहरु गर्न अब फेरी नेपाल सरकारलाई निकै कठिन हुुने देखिन्छ । यति बलियो कम्यूनिष्ट शक्ति बनाउन अब निकै ठूलो कसरथ गर्नुुुपर्छ । लामो समयपछि फेरी भारतको स्वार्थ सिद्ध भएको छ ।

भारतले अब पुुनः लिपुुलेक र कालापानीमाथि बलियो दावी गर्नेछ, सुुस्ता लगायतका अतिक्रमित क्षेत्रमा अँझ बढी अतिक्रमण गर्नेछ । यो सवै उसको लामो समयदेखिको षडयन्त्र हो । नेपालमा एक्कासी राजनैतिक उथलपुथल भएको देखिएता पनि लामो समयदेखिको भारतीय योजना यतिवेला सफल भएको छ ।

नेपालका नेतृत्वतहले यो कुुरा बुझ्न फेरी लामो समय लाग्नेछ । हजारौं सीमाबासीले भारतले नेपालीहरुमाथि अन्याय गर्यो, सिमा मिच्यो, सीमाक्षेत्रका बासीन्दालाई दुख दियो भनेर सडकमा उत्रियपछि मात्र अब फेरी हामीबीच एकता गर्नुपर्छ भन्ने सोच पलाउछ, त्यतिवेलासम्म भारतले नेपालको धेरै सीमा अतिक्रमण गरिसकेको हुुनेछ । सीमाक्षेत्रका दर्जनौं पिल्लर उसले सारिसकेको हुुनेछ ।

नेपालका नेतृत्वको सत्तास्वार्थले मुुलुक निकै संकटमा पर्दै गएको छ । भारतीय स्वार्थ पुुरा हुुदै गएको छ र सत्ताकै लागि राजनीति गर्नेहरु बेलाबखत सफल भएका छन् । तर मुलुक र आम नागरिकहरुको लागि निराशाजनक गतिविधिहरु अगाडि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस

<