छत्रेश्वरी गाउँ कमिटीको प्रशिक्षणः ओलीले चालेको असंवैधानिक कदमको प्रतिरोध गरौं

सल्यान, ९ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी सल्यानका नेताहरुले ओलीले चालेको असंवैधानिक कदमको कडा प्रतिरोध गर्नु पर्ने बताएका छन् । नेपाली जनताले दिएको म्यांन्डेडलाई कुल्चेर प्रधानमन्त्री ओलीले प्रतिगमन निम्त्याएको नेताहरुको भनाई रहेको छ ।

नेकपा छत्रेश्वरी गाउँकमिटीले बिहिबार भोटचोरमा गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सदस्य भीम प्रकाश शर्माले स्थायी सरकारका लागि नेपाली जनताले दिएको म्यान्डेडलाई कुल्चिएर विदेशीको इसारामा देश र पार्टीलाई गम्भिर संकटमा पारेको बताए । नेपाली जनता र कार्यकर्ताको भावना र मर्म विपरित संविधानलाई लत्याएर संसद विघठन गरेको उनको भनाई छ ।

यस्तै सल्यानका क्षेत्र न १का इन्चार्ज कृति बहादुर पुनले प्रधानमन्त्री ओलीको कु का विरुद्ध सबै नेता कार्यकर्ता आन्दोलनमा जानुको विकल्प नरहेको र उक्त षडयन्त्रको भण्डाफोर गर्नु पर्ने बताए । यस्तै क्षेत्र न २ का इन्चार्ज उदय बहादुर बोहराले ओलीले असंवैधानिक कदम क्षनिक नभई योजनावद्ध भएको बताएका छन् । पार्टी विभाजनले सल्यानमा कुनै असर नपर्ने बताउँदै धेरै नेताकार्यकर्ता ओलीको सति जान नसक्ने बताए ।

भेलाले पार्टी एकतामा जोड दिदै प्रधानमन्त्री ओलीको असवैधानिक कु का विरुद्ध शसक्त आन्दोलन गर्नुका साथै सांसद पूनस्थापनाको माग गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

<