(सम्पादकीय) परनिर्भर रहने गतिविधि नियन्त्रण गर्न जरुरी

हामी नेपालीहरु अँझै पनि परनिर्भर नै छौं । केही बाध्यतावस परनिर्भर बनेका छौं भने कतिपय कुराहरुमा अन्य विविधि कारणहरु छन् ।

परनिर्भर रहने कारण खोतल्दै जाँदा आफूूले गर्न सक्ने काम पनि नगर्ने वा आफ्नै क्षेत्रमा उत्पादन गर्न सकिने वस्तुुहरु पनि आयात गरेरै जीवन निर्वाह गर्ने हामी नेपालीहरुको बानी र राज्यको कमजोर व्यवस्थापन प्रणाली नै प्रमुुख कारण पाईन्छ ।

स्वदेशमा उत्पादन गर्न सकिने वस्तुु वाहिरबाट आउनै नदिने वातावरण राज्यले निर्माण गर्न सक्नुुर्पथ्यो । नागरिकले पनि स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुुपर्दथ्यो भने उत्पादन गर्नेहरुले पनि विदेशी वस्तुको प्रतिस्पर्धातिर मात्रै हेर्ने बानी छोड््नुुपर्छ । आधुुनिक प्रविधिसित प्रतिश्पर्धा गर्न अँझै हामी सक्षम भैसकेका छैनौं । यस्तो अवस्थामा आफ्नो उत्पादन प्रक्रिया पुुरै भूलेर सवै विदेशी वस्तुको उपयोग गर्नाले भएका उद्योहरु पनि बन्द गर्नुपर्ने अवस्था आएको छ । छोटो समयलाई नहेरी दीर्घकालीन सोच बनाएर नागरिकहरुले काम गर्न जरुरी छ ।

केही वर्ष घाटामै चलेर भएपनि उत्पादनलाई निरन्तरता दिने हो भने विदेशी आयात स्वतः घट्दछ । यसबारेमा नागरिकलाई राज्यले प्रशिक्षण गर्न जरुरी छ । लगातार स्वदेशमा वस्तुु उत्पादन भैराख्ने हो भने विदेशबाट आयात गरिने वस्तुुहरु स्वतः कम हुुन्छ । जब कि उत्पादन नै गर्न छोडिदिने हो भने त वर्षौसम्म हामी परनिर्भर भैरहनुुपर्ने हुुन्छ । विदेशी बस्तुुले नेपाल पुरै भरिन्छ ।

यसरी हामी नेपालीहरु परनिर्भर हुने कारण दुुइवटा छन् । एकातिर राज्यको फितलो नीति र अर्कोतिर एक दुुई वर्ष घाटा भयो भन्दैमा आफूले उत्पादन गर्न सक्ने वस्तुुहरु पनि उत्पादन गर्न छोडिदिने हामी नेपालीहरुको बानीमा पनि सुधार आउन सकेन ।

बस्तुु उत्पादन भइराखेको छ भने बजार पाउन सक्छ । सधैं विदेशवाट एकनासले आयात भईरहन्छ भन्ने पनि होइन, कुनै समय नागरिकहरुको आवश्यकता परिपूूर्ति हुुनेगरी वस्तुु आयात भएन भने त्यतिवेला स्वदेशी वस्तुुहरु पनि महत्वपूूूर्ण भईरहेको हुुन्छ ।

हामी नेपालीहरुले केही अपवाद्का वस्तुुहरुबाहेक धेरै बस्तुहरु उत्पादन गर्न सक्छौं । फलफूूल, तरकारी, दुुग्धजन्य वस्तुहरु, मासुुजन्य वस्तुुहरु, फर्निचर, फूूलहरु जस्ता सयौं वस्तुुहरु नेपाली नागरिकरहरुको आवश्यकता परिपूूर्ति हुनेगरी उत्पादन गर्न सक्ने अवस्था छ ।

आज धान मिलहरु बन्द भईरहेका छन् , खोलिसकेका टायर उद्योग बन्द छन्, खोलिसकेका धागो कारखाना बन्द छन्, चिनी उद्योगहरु बन्द छन्, जुुटमिल बन्द छन्, यसरी नेपालका सयौं उद्योगहरु बन्द अवस्थामा छन् ।

अत : राज्यले नागरिकहरुलाई परनिर्भर बनाउने गतिविधि नियन्त्रण गर्नुपर्छ र आत्मनिर्भर बनाउने गतिविधिमा प्रोत्साहन गर्नुपर्छ । नागरिकहरुले पनि क्षनिक लाभ भन्दा दीर्घकालीन लाभतिर ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

<