९ महिना देखि बन्द विद्यालय : पठनपाठन सुचारु गर्दै

सल्यान, ९ मंसिर ।
सल्यानको पश्चिम क्षेत्रमा कोभिड–१९ का कारण बन्द रहेका विद्यालयहरु आंशिक रुपमा सुचारू भएका छन् ।

विगत ९ महिना देखि बन्द बिद्यालय खुल्न थालेपछि चहलपहल बढ्न थालेको छ भने बिद्यार्थीहरु पनि खुसी भएका छन् । कार्तिक १६ बाटै मावि च्युराले कक्षा ८, ९ र १० को कक्षाहरु सञ्चालन गर्दै आएको छ भने अन्य कक्षाहरु आंशिकरुपमा चलाएको जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाले विद्यालयहरु सञ्चालनका लागि नितिगत निर्णय भने गरेको छैन् । तर नगरको शिक्षा शाखा प्रमुख चक्रवहादुर रावतले सबै विद्यालयहरु सतर्कता अपनाउदै सञ्चालन गर्ने निर्देशन दिएको जानकारी दिनुभयो ।

शिक्षकहरु विद्यालयमा उपस्थित हुने र सरकारी निति अनुरुप विभिन्न विधिहरु अपनाइ शिक्षण कृयाकलाप अघि वढाउन निर्देश गरेको उहाँको भनाई छ ।

नगरका अझै केही बिद्यालयहरुले भने पठनपाठन सुचारु गर्ने बिषयमा छलफल भैरहेको जनाएका छन् । बिद्यालय सञ्चालन गर्दा भोलीका दिनमा आउनसक्ने जोखिमको जवाफदेही को हुने भन्ने कुराको अन्योलताले विद्यालय सञ्चालन गर्न नसकिएको केही बिद्यालयहरुले जनाएका छन् ।

नगरको नितिगत निर्णय नहुन्जेल सम्म विद्यालय सञ्चालन नगर्ने केही विद्यालयहरुको भनाइ छ । कोरोना त्रासका विच पनि केही विद्यालयहरुले भने पढाइ सञ्चालन गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

<