अबको अभियान विकास र समृद्धि ः पूर्वमन्त्री ज्ञवाली


दाङ, ८ मंसिर ।

नेपाल कम्युनष्टि पार्टी (ने क पा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले विकास र समृद्धिका लागि नेकपाको विकल्प नभएको बताउनुभएको छ ।

तुलसीपुर–१ को सुनपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सदस्य ज्ञवालीले नेपाली कांग्रेसले बर्षौसम्मपनि गर्न नसकेका काम वर्तमान सरकारले दुई बर्षको अवधिमा गरेर देखाइदिएको बताउनुभयो ।

करिब दुई वर्षको अवधिमा संघीयता कार्यान्वयनका लागि कानुनदेखि पूर्वाधार निर्माणमा सरकार जुटेको बताउँदै परिवर्तनको अनुभूति हुने गरी सरकारले काम गरेको देखाउने बताउनुभयो ।

जनताको जीवनमा पूत्यक्ष परिवर्तन नदेखिएपनि विकासको दृष्टिकोणले फड्को मारेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहनुभएका ज्ञवलीले दुर्तगतिमा अघि बदेको कामलाई कसैले छेक्न नसक्ने बताउनुभयो ।

पश्चिम दाङको समग्र विकासका लागि स्वर्गीय उत्तर कुमार वलीले खेलेको भूमिकाको चर्चा गदै उहाँले बाँकी अधुरा काम पुरा गर्न सुर्यमानै मतदान गर्नुको विकल्प नभएको बताउनुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा पाँच नम्बर प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले विमला ओलीलको जीतनै सबै महिलाको जित भएको बताउनुभयो । पूर्वसभामुख समेत रहनुभएकी घर्तीले महिला, बृद्ध, बालिका सबैका रक्षक नै नेकपा भएकाले निर्वाचनमा नेकपालाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

<