दाङमा बैंकका तीन जना कर्मचारीमा कोरोना पुष्टि

दाङ, ८ भदौ ।
दाङमा आज बैंकका तीन जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

घोराही–१५ को हस्पीटल रोडमा रहेको लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टरका तीन जना कर्मचारीमा संक्रमण देखिएको वडा अध्यक्ष रमेश पाण्डेले जानकारी दिनुभयो ।

संक्रमितलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो । यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले पनि कोरोना पुष्टि भएको बताउनुभयो ।

कोरोना पुष्टि भएकालाई आइसोलेसनमा राख्नका लागि समन्वय भइरहेको उहाँको भनाई छ। साथै प्रमुख शाहीले छिट्टै कन्ट्याक्ट ट्रेसिङको समेत काम थालिने बताउनुभयो ।

संक्रमितहरुमा केहिदिनदेखि कोरोनाको लक्षण देखिएपछि स्वाब परिक्षण गरिएकोमा तीनै जनामा संक्रमण पुष्टि भएको हो ।

उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैकका घोराही शाखा म्यानेजर पदमकुमार केसीले जानकारी दिनुभयो ।

कर्मचारीमा खोकी र ज्वरोको लक्षणदेखिएपछि आशंकामा स्वाब परिक्षण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस