कालिमाटी गाउँपालिका, ५ मनिकापुरमा जंगली बदेलको मासु सहित एक जना प्रक्राउ

 


सल्यान, ९ साउन ।

सल्यानमा बदेलको मासु सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ५ मनिकापुर निवासी ३० वर्षीय दुर्ग बहादुर रोकाले आफ्नै मकैबारीमा पासो हालेर जंगली जनावर बदेल मारी घरमा ल्याई काट्न लागेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सूचना प्राप्त हुन साथ प्रहरी टोली घटना स्थल पुगेर बदेलको मासु र पासो बरामद गरी रोकालाई समेत पक्राउ गरी आबश्यक कारबाहीको लागि बदेलको मासु र पासो सहित डिभिजन बन कार्यालय खलंगा सल्यानमा पठाईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यता डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी मनोज शर्माले बरामद भएको मासु परिक्षणका लागि पठाइने बताउनु भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा मासु परिक्षणका लागि पठाइने र परिक्षणको रिपोर्ट आएपछि राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही अगाडी बढाइने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

<