Indra budhathoki
सल्यान १२, बैशाख ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाले ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मोरङ जिल्लाको वेलवारी नगरपालिका ९ देखि रगेनी नगरपालिका वडा नम्वर ६ को सडक लाइनमा काम गर्ने बनगाड कुपिण्डे नगरपालिका ४९ जना बच्चा ५ जना र मजदुर ल्याउन प्रयोग गरिएको गाडी चालक, सह चालक ३ जना गरि ५७ जनालाई क्वारेन्टाइनमा राखिएको नगर उप प्रमुख मन्जु यरिले जानकारी दिनु भएको छ । नगरपालिकाको वडा नम्वर १, ७, ८, १० र ११ का गरेर ५७ जनालाई प्रभाकर माद्यामिक देवस्थलमा रहेको क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।
मजदुरीको लागि मोरङ वेलावारी र रगेनी नगरपालिका पुगेका अधिकांस माझकाँडाका विभिन्न टोलकालाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ ।
तर यस अघि नगरका विभिन्न वडामा मजदुरीकै लागि बाहिर गएका सयांै स्थानीय भने नगरपालिका क्वारेन्टाइन नवसेर आ–आफनै घर गएका छन् ।
उनीहरुलाइ नगरपालिकाले आफ्नै घरको होम क्वारेन्टाइनमा वस्न भनिए पनि त्यसो नभएको पाईएको स्थानियले वताएका छन् । नगरपालिकाले सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । तर उनीहरु होम क्वारेन्टाइनमा नबसेर गाँउमा भिडभाड गर्ने गरेकाले नगरमा जोखिम बढेको स्थानियको भनाई छ ।
प्रतिक्रिया दिनुहोस