कुमाख गाउँपालिकाद्धारा चार सय विपन्न परिवारलाई राहत वितरण

सञ्जिव शर्मा
वैशाख १२, सल्यान
    सल्यानको कुमाख गाउँपालिकाले चार सय विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोनाको संक्रमण रोक्न भन्दै विगत एक महिनादेखि जारी लकडाउनका कारण दैनिक जीविकोपार्जनबाट प्रभावित समुदायलाई गाउँपालिकाले राहत वितरण गरेको हो ।
राहत वितरणको पहिलो चरण अन्र्तगत गाउँपालिकाका वटै वडामा राहत वितरण गरिएको कुमाख गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार १ न वडा ४७, २ न वडामा ४८, ३ न वडामा ६९, ४ न वडामा ६७, ५ न वडामा ६१, ६ न वडामा ५९  र ७ न वडामा ४९ जनालाई राहत वितरण गरिएको छ ।
कुमाख गाउँपालिकाले राहत बितरण जनप्रतिनिधि र राजनैतिक दलको समुक्त सम्यन्त्रको सिफारिसका आधारमा वितरण गरेको छ । गाउँपालिकाका सबै वडामा पुगेर राहत स्वरुप चामल, दाल, तेल, लगायतका दैनिक उपभोग्य खाद्यन्न वितरण गरिएको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन । राहत पाउनबाट छुटेका विपन्न परिवारलाई दोस्रो चरणमा राहत वितरण गरिने उनको भनाई छ । 
मापदण्ड अनुसार दैनिक स्थानिय बजारमा मजदुरी गरि साझ बिहान छाक टार्ने गरेका श्रमिकहरु, दैनिक कृषि मजदुर एबं अन्य क्षेत्रमा मजदुरी गरि खाने असाहय एकल महिला, अपांग, असाहय ब्यक्तीहरु तथा गिट्टी कुट्ने, बालुवा चाल्ने, दैनिक निर्माणकार्यमा कामगरी खाने, घरमा अन्य काम गर्ने ब्यक्ती कोहि नभएका एबं हाल दैनिक छाक टार्न मुस्किल श्रमिकहरु र दैनिक ज्याला मजदुरी गरि गुजारा चलाईरहेका दलित,अल्पसंख्यक समुदायका ब्यक्तीहरुलाइ मात्र राहत वितरण गरिएको छ उनले बताइन ।

प्रतिक्रिया दिनुहोस

<