कोरोनाको लडाईमा नेपाल एक्लो छैन, चीन साथमै छ -राजदूत होउ

काठमाडौं, ११ चैत ।
नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले पूर्ण सजगता अपनाएको छ । फान्सबाट फर्केकि एक युवती कोरोना भाइरसको संक्रमणमा परेपछि सरकारले लकडाउन गरेको छ । नेपालमा कोरोना भाइरसको त्रास फैलिएको बेला छिमेकि देश चीनले आफु साथमै रहेको बताएको छ ।

कोरोनाबिरुद्धको लडाईमा नेपाललाई एक्लै नछोड्ने प्रतिवद्धता चीनले जनाएको छ । गत डिसेम्बरमा चीनबाट कोरोना भाइसको प्रकोप फैलिएको थियो । कोरोनामाथी चीनले बिजयी हाँसिल गरिसकेको छ भने अन्य मुलुकलाई सहयोग गरिरहेको छ ।

नेपाललाई पनि हतोत्साही नहुने चिनियाँ राजदूतले आग्रह गरेकि छिन् । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउने तयारी गरिरहेको उनले जानकारी दिएकी छिन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै नेपालका साथमा चीन रहेको बताएकि छिन् ।

 

नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छिन् । हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पु¥याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ, ट्वीटरमार्फत चिनियाँ राजदूतले भनेकि छिन् ।

प्रतिक्रिया दिनुहोस

<