“जीबन कथा”

 

ठेगानाः भेरीगंगा गा.पा– ६, सुर्खेत, गाँउ ः सानो किच ।
हाल ः कुबेद

 

कुनै पनी ब्यक्तिको जन्म आमा र बुवाको शारीरिक सम्बन्ध स्थापना भैई सके पछी हुन्छ । मेरा े पनी यही प्रकृया अनुसार जन्म भयो । म जन्मनु पुर्ब मलाई यो धर्तिको बारेमा पुर्ण अबगत हुन्थ्यो भने, साहेद म जन्म लिन चाँहादैन्थे होला । किन भने यो धर्तिमा हरेक मानिसहरु स्वार्थी अनि अपराधी छन् । मानब भएर नि मानबको मर्म नबुझ्नु यहाँको सबै भन्दा ठुलो बिड्मबना हो ।

यहाँ मोज, मस्ती गर्नेहरुले मोज मस्ती नै गरिरहेकाछन । दिन दुःखी हरु सदा दुखी नै छन । सडकमा बस्ने साहारा बिहिन हरु सडकमै छट्पटाएका छन । झुपडीमा बस्ने मानिसहरु झुपडीमै छन । अनि महलमा रहने ब्यक्तिहरु महलमै छन । यि सबै स्थिति हरु देख्दा बडो दुख लागेर आँउछ । के गर्नु ? धेरै सोच्ने गर्छु कति बेला त । अनि भगवान लाई प्रश्न गर्ने इच्छा जाग्छ ।

भगवान ! हजुरले यो सारा ब्रमान्डको सृष्टि त गर्नु भयो । तर सबैको स्थर किन एउटै गरि दिन सक्नु भएन ? भनेर धेरै पटक सोध्ने गर्छु । भन्निन्छ, ब्यक्तिले केही पाँउनको लागि कि त भगवानको आराधाना मा ध्यान पुर्ण केन्द्रित हुनु पर्यो, कि त उ भित्र मेहेनतको खानी हुनु पर्यो । त्यो भाको अवस्थामा ब्यक्ति सक्सेस (सफल) हुन्छ । यसर्थ यि दुई कुराहरुलाई मैले पनी ग्रहन गर्ने कोसिस गरि रहेको छु । किन भने, यि दुई कुरा हरु मेरो लागि प्रेरणादायक बिषय हुन । यि बिषयहरुले मलाई महान संघर्ष गर्ने सिकाँउछन । अनी सुन्दर तरिकाले बाँच्न सिकाँउछन ।

मेरो जीबन कहाँनि यहाँ सबै त कहाँ प्रस्तुत गरी सकेको छुर तर पनी केही बिषयहरु प्रस्तुत गरी सकेको छु । हरेक ब्यक्तिहरु जस्तै मेरो पनी यो धर्तिमा बिक्रम सम्बत २०४८ साल श्रावन १८ गत्ते शुक्रवारको दिन जन्म भयो । अनी केही समय प्रचात मेरो बहिनी को जन्म भयो । बहिनी पनी साहेद सुखी, र खुसी रहनको लागि यो धर्तिमा जन्म लिईनान होला । किन भने उनि जन्मेको करिब डेड बर्ष पछी उनको मृत्यु भयो ।

मृत्युले परिवारलाई दुखी त बनाउछ नै । तर त्यो भन्दा दोस्रो बिडमबनाको कुरा हाम्रो घरमा कोलाहल र अशान्तिपुर्ण बाताबरण थियो रे । साहेद, परिवारको ब्यक्तिहरु यि कुराहरुमा एटेनसन (सतर्क ) भाको भए, अलीकति पनी दायित्व बोध भाको भए, कुनै पनि बिषयहरुलाई सिरेशताका साथ लिईएको भए, मेरो बहिनीको मृत्यु हुदैन्थ्यो होला । तर के गर्नु ? सृष्टिको नियमलाई कसैले पनी बिरोध अर्थात उलंघन गर्न मिल्दो रहेन छ है ।

मृत्यु नै संन्सारको भयानक, खतरानाक चिज हो जो संग लडेर कसैले नि बिजय प्राप्त गर्न सक्दैन । र सकेको पनी छैना यो दुनियामा । म सानो मान्छे, बुवा दायित्व बोध नभाको मान्छे, आमा साहारा बिहिन मान्छे, अनी मैले के गर्न सक्थे होला त्यो समयमा ? एक पटक त्यो कालो रात अनि मेरो ममीले सहीरहेको महान पिडा सम्झदा, मुटु भित्र जलन भएर आँउछ ।
बास्तबमा ब्यक्ति भित्र जे जस्ता प्रकारका पिडाहरु भएता पनी, सहन बाध्य हुनु प्रदो रहेछ । कुनै संकट संग जुधेर त्यस कुराको समाधान गर्ने हैसियत राख्न सक्ने मान्छे नै महान ब्यक्ति हो जस्तो लाग्छ मलाई । मैले मेरो ममीलाई महान नारी सम्झेको छु ।

मेरो ममी पनी हरेक पिडाहरु संग लडेर अनी सामना गरेर आफ्नो जीबनलाई ब्यतित गर्नु भएको रहेछ । जीबनमा दुख, सुख भोग्नु पर्ने स्थिति त कसलाई पो हुदैन होला र ? तर पनी ति दुख, सुख लाई पार गर्नु नै पर्दाेरहेछ जीबनमा । मेरो ममीले एउटा शिक्षा, दिक्षा लिएर जीबनमा केही गर्ने नपाएता पनी ममी संग आफ्नो सन्ततिलाई पुर्ण शिक्षा दिनु पर्छ भन्ने मान्यता चाँही धेरै थियो । तर के गर्नु ? आफ्नो पोजिसन बलियो न भएसी विशिष्ट शिक्षा लिने चाहाना मन भित्र बाटै सेलाएर गयो । यो जुनिमा पुर्ण शिक्षा लिन नपाएनी अर्को जुनिमा मानब शास्त्र मा पिएचडी गर्न पाईयोस, यही छ मेरो जीवन को आसा अनि भरोसा ।

प्रतिक्रिया दिनुहोस