जलमा गजल दोस्रो श्रृंखला कार्यक्रमको तयारी पुरा

सल्यान, १२ फागुन ।

सल्यान कला साहित्य परिषद् सल्यानले जलमा गजल दोस्रो श्रृंखलाको आयोजना गरेको छ ।

सल्यानको कुपिण्डे तालमा नै यसअघि जलमा गजल प्रथम श्रृंखलाको आयोजना गरेको थियो ।

यहि फाल्गुन १५ गतेका लागि सोहि कुपिण्डेतालमा जलमा गजल दोस्रो श्रृंखलाको आयोजना गरिएको र त्यसका लागि तयारी समेत पुरा भैसकेको परिषद्का अध्यक्ष भरत रोकाय एक्सनले जानकारी दिएका छन् ।

दोस्रो शृंखलामा जाजरकोट, सुर्खेत र सल्यानका गरेर तीन सर्जकलाई विशेष वाचनमा राख्ने आयोजकले जानकारी गराएका छन् । उक्त कार्यक्रममा सल्यानको एक साहित्यिक दस्तावेज “क्यानभासमा सल्यान” पुस्तकको विमोचन पनि हुने परिषद्का संयोजक लोकेश जलनले बताए ।

साथै कार्यक्रममा उपस्थित सर्जकलाई पनि रचना बाचन गर्ने अवसर दिने बताईएको छ ।

साहित्यीक गतिविधिलाई अगाडि बढाउने उदेश्यले स्थापित सल्यान कला साहित्य परिषद्ले यसअघि सल्यान जिल्लाका प्रमुख बजार क्षेत्र शारदा नगरपालिकाको श्रीनगर, बनगाड कुपिन्डे नगरपालिकाको स्ल्लीबजार र बागचौर नगरपालिकाको बागचौरमा गरी ३ स्थानमा क्रमशः पहिलो, दोस्रो र तेस्रो गजल महफिलको आयोजना सम्पन्न गरिसकेको छ ।

जलमा गजल दोस्रो श्रृंखलालाई भब्य बनाउन कला तथा साहित्यप्रेमी, सञ्चारकर्मी लगायत अन्य सरोकारवालाहरुलाई उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

<