सरकारको असंवैधानिक कदमलाई न्यायालयले सच्यायो : मन्त्री ज्वाला

दाहाल–नेपाल पक्षको खलंगामा विजय ¥याली

सल्यान, १२ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले बुधबार विजय ¥याली निकालेको छ ।

उनीहरूले सर्वोच्च अदालतको प्रशंसा गर्दै सल्यानको सदरमुकाम खलंगा सँगै जिल्लाका बिभिन्न स्थानीय तहहरुमा ¥याली निकालेका हुन् ।

विजय ¥यालीमा (नेकपा) दाहाल–नेपाल पक्षका नेता तथा कार्यक्रर्ताहरुको सहभागिता थियो ।

नेकपा शारदा नगर कमिटीले खलंगामा निकालेको ¥यालीपछि आयोजित कोणसभालाई सम्बोदन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई न्यायालयले सच्याएको बताउनुभएको छ ।

उहाँले सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको पनि बताउनुभएको हो । अब मुलुक संविधान अनुसार नै चल्ने उहाँको भनाई छ । देश अब संविधानबाट चल्छ, सर्वोच्चबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ’ उहाँले भन्नुभयो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका ज्वालाले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध देशव्यापी सङ्घर्ष गर्न साथ दिने सम्पूर्ण जनसमुदायप्रति पनि आभार व्यक्त गर्नुभएको छ ।

यसैबिच प्रतिनिधिसभा पुर्नस्थापना भएको खुसीयालीमा कपुरकोट गाउँ कमिटीले पनि विजय उत्सव मनाएको छ । सो अबशरमा नेकपा कपुरकोट गाउँ कमिटी इन्चार्ज भद्रसिंह बुढा, कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडाअध्यक्षहरु यम कुमार बस्नेत, हरिलाल पुन, गाउँ कमिटी सदस्य जीत प्रसाद आचार्य लगाएतकाले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

<