रेडियो शारदा एफ.एमले मनायो आफ्नो ११ औँ बार्षिकत्सव

सल्यान, १२ फाल्गुन ।
ग्रामिण विकास सञ्चार केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो शारदा एफ.एम ९९ थोप्लो २ मेगार्हजले आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा रेडियोले सामुदायिक रेडियोको अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम गरेर मनाएको हो ।

२०६५ साल फागुन १२ गते बाट प्रशारणमा आएको रेडियो शारदाले नागरिकहरुका आवाज बिहिनका आवाजहरुलाई समेटनुका साथै सत्य तथ्य सूचना र समाचारलाई प्रशारण गर्दै आएको संस्थाका सचिव दिपक शर्माले बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले रेडियो ग्रामिण समुदाय तथा आवाज विहिनहरुको आवाज बन्नु पर्ने बताएका छन  ।

समाजका दलित, पछाडी परेका समुदायको आवाजलाई बुलुन्द गर्नु पर्ने बताएका छन ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्टले मिडियाले नागरिकलाई सुचित बनाउने र सरकारी निकायलाई जवाबदेही र जिम्मेवारी बनाउने निकाय भएको बताउनु भयो ।

मिडियाको सूचना प्रणाली राम्रो भयो भने मात्र सरकार जनता प्रति उत्तरदायि हँुने र बिकासले फड्को मार्ने बताए । अहिले ब्यवस्था बदलिए पनि बानी ब्यवहार बदल्न नसकेकाले यस तर्फ मिडियाले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो  । उहाँले भन्नु भयो जनताले सूचना नै पाएनन भने सरकारले गरेको कामको औचित्य हुदैन, रेडियोले शसक्त आवाज उठाउनु पर्छ ।

सरकारले गरेको काम प्रति सरकार नै सन्तुष्ट नभएकाले अबका दिहरुमा मिडिया शसक्त भूमिका खलेर आवाज उठाएर जवाबदेहि पुर्ण बनाउनु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेलले मिडिया भनेको खबरदारी गर्ने निकाय भएको बताउनु भएको छ । पत्रकारीले आफ्नो अनुशासनमा रहेर काम गर्ने भएकाले पावरफुल भएकाले मिडियोको महत्व धेरै भएको बताउनु भयो ।

यस्तै त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले स्थानीय सरकार र मिडिया बीच समन्वय गर्न तयार रहेको बताउनु भयो  । पत्रकारहरुले महत्वपुर्ण भुमिका खेलेर स्थानीय तहमा रहेका साना साना विषयलाई पनि उठान गर्नु पर्ने बताउनु भयो  । स्थानीय सरकारका नकारात्मक विषयमात्र उठान गर्ने भन्दा पनि सरकारले गरेका उपलब्धिलाई पनि प्रचारप्रशारमा ल्याउनु पर्नें बताउनु भयो ।

यस्तै जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले सरकार र जनताको बीचमा पुलको रुपमा काम गर्नु पर्ने बताए । शुसाशनलाई अक्षरस पालना सञ्चार माध्यमले गर्ने बताउदै समाजमा लुकेर रहेका विषयलाई उठान गर्नु पर्ने बताउनु भयो  ।

नागरिकहरु कुनै पनि सञ्चार माध्यामबाट अछुतो नभएकाले बिधुतिय संचार माधयामको रुपमा रहेको रेडियोको प्रभाकारी भमिका भएको बताउनु भयो ।

रेडियो शारदा एफएमका सचिव दिपक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

गोपाल शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सञ्चालन सरिता चलाउने गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

<