कानूनको दृृष्टिमा सवै समान छन् तर व्यवहारमा छैनन्

बेलाबेलामा भन्ने गरिन्छ, नेपालका कानून, दैवले जानून । यसो भन्नुुको कारण के हो भने कानूनमा प्रशस्त छिद्र राखिएको छ । कतै जरिवानाले छुुट हुने, कतै धरौटिले छुुट हुुने, कतै पुरै समय काराकार बस्नुपर्ने । कसैलाई आरामदायी जेल त कसैलाई कहालीलाग्दो र कष्टपूर्ण जेलजीवन् ।

धनीले जतिसुकै ठूलो अपराध गरेपनि पैंसा तिरे छुट्न सक्छ । गरिबले पैंसा तिर्न सक्दैन र लामो समय जेल बस्नुुपर्ने हुन्छ । अर्कोतिर के छ भने सम्पन्न र पहुुँचवाला व्यक्तिहरुका लागि वकिलहरुले सहयोग गर्छन् । पहँुचवाला व्यक्ति भएमा प्रहरी, प्रशासन सवैतिरबाट कम सजाय बनाउने छिद्र खोज्ने प्रयत्न हुन्छ ।

कतिपय धनी व्यक्तिहरु, नेताहरु वा पहुुँचवाला व्यक्तिहरुको जेल बसाई आरामदायी बनेको सुनिन्छ, तर कतिपय गरिब वर्गका अपराधिहरुलाई पुरै नर्कसरह दु;ख पाएको घटनाहरु पटक पटक बाहिर आउने गरेको छ ।

एउटा गरिब वर्गका मानिसले अपराध गर्यो भने त्यसलाई कुनै प्रकारको सहानुभूति मिल्दैन । बरु किन गल्ति गरिस् र ठिक्क भयो भन्नेहरु नै छन् ।

तर धनी, नेता र शक्तिशाली वर्गका मानिसहरुलाई नेतृृत्व तहबाट सहयोग हुुन्छ । प्रहरी प्रशासन लगायत सवैबाट सहयोग हुन्छ । पहुुँचवालाहरुले गरेको अपराध अनजानमा गरेको ठहर्न सक्छ, ठुलै गल्ति गरेको भएपनि क्षमा दिन सक्ने ठाउँ रहन्छ ।

कैलाली घटनाका प्रमुख योजनाकार मानिएका रेशम चौधरीलाई छुुटाउन प्रचण्ड नै खुलेर लागेका छन् । हतियार बिहीन अवस्थाका सुरक्षाकर्मिलाई भाला रोपेर मार्दा पनि अब राजनैतिक घटना हुुदैछ । ठूला-ठूला भ्रष्टाचारीहरुले जेलमा ऐस आरामले समय विताईरहेका घटनाहरु अहिले पनि सार्वजनिक भईरहेका छन् । सुन काण्डका अभियुक्तहरु को र कति, कस्तो अवस्थामा छन् भनेर खासै सार्वजनिक हुुदैन ।

किनकी कुुनै न कुनै रुपमा तिनको साँठगाँठ शक्तिशाली वर्गसित छ । अतः नेपालमा गरिब, दुखि र कमजोर वर्गका लागि कठोर कानूनको व्यवस्था छ, तर नेता, नेतृत्व, धनी र शक्तिशाली वर्गका लागि कष्ट भोग्नुनपर्ने अनेक कानूनी छिद्र नेपालमा रहेका छन् । तर आम नागरिकहरुको एउटै माग के हो भने कानून सवैलाई लगाउ ।

अपराधि भए जोसुुकै होस् कारबाही गर । तर एउटै प्रकृतिका अपराधमा भिन्न भिन्न सजायको व्यवस्था नगर भन्ने नै हो । अतः न्यायको दृष्टिमा र कानूनको दृष्टिमा सवै एकै भएकोले फरक–फरक सजायको भागिदार बनाउनु उपयुक्त हुदैन ।

प्रतिक्रिया दिनुहोस

<