नेकपा दार्माको सपथग्रहण सम्पन्न, भावनात्मक एकताको लागि नेताहरूको जोड


सल्यान, १२ फाल्गुन ।
नेकपा दार्मा गाउँकमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँकमिटी अध्यक्ष असविर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज प्रतिनिधिसभा सदस्य टेकबहादुर वस्नेत, नेकपा केन्द्रीय सदस्य, जिल्ला सह–ईन्चार्ज तथा प्रदेश सांसद गुलावजंग शाह, अध्यक्ष गोविन्द कुमार पुन, सचिव कर्ण बहादुर बुढाथोकी ‘छहारी’, प्रदेश सदस्यहरु लोक बहादुर डाँगी, कृति बहादुर पुन ‘प्रकाण्ड’, निम प्रकाश के.सी. ‘अरुण’, जिल्ला सदस्यहरू राम बहादुर केसी, शेर बहादुर केसी, अनन्त प्रशाद शर्मा, पुतला रोका, कमल चन्द , गणेशमान सिंह, चन्द्र ब रावत लगायतकाको सहभागिता रहेको थियो ।

पार्टी जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले दार्मा गाउँकमिटीका अध्यक्ष असवीर बुढाथोकी रैती र सचिव दल बहादुर के.सी. लगायत ६५ जना सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।

जिल्ला सदस्य कमल चन्दको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज प्रतिनिधिसभा सदस्य टेकबहादुर वस्नेत, नेकपा केन्द्रीय सदस्य, जिल्ला सह–ईन्चार्ज तथा प्रदेश सांसद गुलावजंग शाह, अध्यक्ष गोविन्द कुमार पुन, सचिव कर्ण बहादुर बुढाथोकी ‘छहारी’, प्रदेश सदस्यहरु लोक बहादुर डाँगी, कृति बहादुर पुन ‘प्रकाण्ड’, निम प्रकाश के.सी. ‘अरुण लगायतले बोल्नुभएको थियो ।’

कार्यक्रममा नेपाली काँग्रेस र विप्लब नेकपा परित्याग गरी करिव १० जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको नेकपाले जनाएको छ ।

प्रवेश गर्नेहरूमा नेकपा विप्लव समुहका जिल्ला सदस्य चित्र बहादुर खड्का–दार्मा–५, नेपाली काँग्रेसका हिरालाल नेपाली– दार्मा–१, अर्जुन कटुवाल– दार्मा–२ (२०७४ सालमा प्रदेश सभा तमानुपातिक सदस्य सिफारिस तथा तरुण दल केन्द्रीय महाधिवेसन सदस्य), तिलक वली– दार्मा–२, ने.काँ. दार्मा उपसंयोजक, तुलसीराम वली–१, ने.काँ. सदस्य, गणेश देवकोटा लगायत रहेको नेकपाले जनाएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले तल्लो तह सम्म भावनात्मक एकताका साथ एकता गर्नु पर्ने, हिजोका तिता मिठा कुरालाई विर्सेर नयाँ ढंगबाट पाटिलाई लालकिल्लाको रुपमा स्थापित गर्नु पर्ने र एकतामा छुटेका नेता कार्यकर्तालाइ व्यस्थापन गर्नुपर्ने कुरामा जोड दिएको नेकपाका केन्द्रीय सदस्य गुलावजंग शाहका स्वकीय सचिव राम बहादुर केसीले जानकारी दिनभयो ।

प्रतिक्रिया दिनुहोस

<