व्यवस्थापन र सुशासन सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न

 

 

 

कालिमाटी, सल्यान ।

 

खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई व्यवस्थापन र सुशासन सम्बन्धी एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम आईतवार कालिमाटी गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र खानेपानी तथा सरसफाई महासंघ सल्यानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । आयोजक संस्थाका अध्यक्ष पुर्णचन्द्र राईको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर केसी, विशिष्ट अतिथि गा.पा.उपाध्यक्ष सहजशिलता वली र अतिथिको रुपमा विभिन्न वडाध्यक्ष, प्रशिक्षक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । प्रमुख अतिथिले व्यानर पढेर उद्घाटन गरिसकेपछि आयोजक संस्थाका सदस्य बालकृष्ण कडेलले स्वागत मन्तव्य राखेका थिए । विभिन्न ७ वटै वडाका वडाध्यक्ष र गाउँपालिका उपाध्यक्ष सहनशिलता ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । वडा नं १ का वडाध्यक्ष रविलाल बस्नेत, वडा नं. २ का अध्यक्ष इन्द्र बहादुर वली, ३ का अध्यक्ष बीर बहादुर वली, ४ का अध्यक्ष बेल बहादुर चन्द, ५ का अध्यक्ष चन्द्र बहादुर गाहामगर, ६ का अध्यक्ष टेक बहादुर पुलामी र ७ का अध्यक्ष नैनसिंह राना लगायतले आफ्ना भनाई राखेका थिए । पानी सवैको लागि अत्यन्तै महत्वपूर्ण रहको भन्दै पानी सुद्धिकरण, आयोजना मर्मत सम्भार, मुल संरक्षण लगायतमा सवैले चासो दिनुपर्ने र आ आफ्नो ठाउँमा सवैजना जिम्मेवार नागरिक बन्नुपर्ने बताए । तालिममा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्षले आयोजना मर्मत गर्नुपर्ने, पानिका मुहानहरु जोगाउनुपर्ने, उपभोक्ताहरु नै सवैभन्दा बढि सक्रिय भएर लाग्नुपर्ने लगायतका कुरामा जोड दिएका थिए । औपचारिक कार्यक्रमको समापन गर्दै आयोजक संस्थाका अध्यक्ष राईले खानेपानी उपभोक्ता समितिहरुलाई सक्रिय बनाउन र पानीका योजनाहरुलाई दिगो बनाउन पहल गरिरहेको बताए । जसका लागि सुशासन र व्यवस्थापनमा अँझ बढी ध्यान दिनुपर्ने बताउदै जिल्लाका अन्य विभिन्न गाउँपालिका र नगरपालिकामा स्थानीय सरकारसंग समन्वय गर्दै यस प्रकारका कार्यहरुलाई अँझ प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।
तालिमका लागि सहजकर्ताको रुपमा ग्रामिण खानेपानी सुधार योजनाकी सल्यान शाखा प्रमुख (इन्जिनियर) विपना शर्मा रहेकी थिइन । ठूलो संख्यामा भएको सहभागीहरुका चासोलाई सम्बोधन गर्दै सरल रुपमा खानेपानी सम्बन्धी नीति नियमहरु, मूल संरक्षण, विधान दर्ता, मर्मत मर्मत सम्भार कोष तथा नीति . लगायतका विषयमा उनले जानकारी गराएकी दिइन । सहभागीहरुले आफ्ना समस्याहरु समेत बताउदै थप सुझबुझ र ज्ञान आर्जन गर्ने अवसरको रुपमा लिएका थिए र साथै छलफलमा सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रको सञ्चालन आयोजक संस्थाका सचिव राजेश वि.क.ले गरेका थिए ।
सल्यान ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई व्यवस्थापन र सुशासन सम्बन्धी एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम आईतवार कालिमाटी गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र खानेपानी तथा सरसफाई महासंघ सल्यानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । आयोजक संस्थाका अध्यक्ष पुर्णचन्द्र राईको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर केसी, विशिष्ट अतिथि गा.पा.उपाध्यक्ष सहजशिलता वली र अतिथिको रुपमा विभिन्न वडाध्यक्ष, प्रशिक्षक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । प्रमुख अतिथिले व्यानर पढेर उद्घाटन गरिसकेपछि आयोजक संस्थाका सदस्य बालकृष्ण कडेलले स्वागत मन्तव्य राखेका थिए । विभिन्न ७ वटै वडाका वडाध्यक्ष र गाउँपालिका उपाध्यक्ष सहनशिलता ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । वडा नं १ का वडाध्यक्ष रविलाल बस्नेत, वडा नं. २ का अध्यक्ष इन्द्र बहादुर वली, ३ का अध्यक्ष बीर बहादुर वली, ४ का अध्यक्ष बेल बहादुर चन्द, ५ का अध्यक्ष चन्द्र बहादुर गाहामगर, ६ का अध्यक्ष टेक बहादुर पुलामी र ७ का अध्यक्ष नैनसिंह राना लगायतले आफ्ना भनाई राखेका थिए । पानी सवैको लागि अत्यन्तै महत्वपूर्ण रहेको भन्दै पानी सुद्धिकरण, आयोजना मर्मत सम्भार, मुल संरक्षण लगायतमा सवैले चासो दिनुपर्ने र आ आफ्नो ठाउँमा सवैजना जिम्मेवार नागरिक बन्नुपर्ने बताए । तालिममा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्षले आयोजना मर्मत गर्नुपर्ने, पानिका मुहानहरु जोगाउनुपर्ने, उपभोक्ताहरु नै सवैभन्दा बढि सक्रिय भएर लाग्नुपर्ने लगायतका कुरामा जोड दिएका थिए । औपचारिक कार्यक्रमको समापन गर्दै आयोजक संस्थाका अध्यक्ष राईले खानेपानी उपभोक्ता समितिहरुलाई सक्रिय बनाउन र पानीका योजनाहरुलाई दिगो बनाउन पहल गरिरहेको बताए । जसका लागि सुशासन र व्यवस्थापनमा अँझ बढी ध्यान दिनुपर्ने बताउदै जिल्लाका अन्य विभिन्न गाउँपालिका र नगरपालिकामा स्थानीय सरकारसंग समन्वय गर्दै यस प्रकारका कार्यहरुलाई अँझ प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।
तालिमका लागि सहजकर्ताको रुपमा ग्रामिण खानेपानी सुधार योजनाकी सल्यान शाखा प्रमुख (इन्जिनियर) विपना शर्मा रहेकी थिइन । ठूलो संख्यामा भएको सहभागीहरुका चासोलाई सम्बोधन गर्दै सरल रुपमा खानेपानी सम्बन्धी नीति नियमहरु,  मूल संरक्षण, विधान दर्ता, मर्मत मर्मत सम्भार कोष तथा नीति . लगायतका विषयमा उनले जानकारी गराएकी दिइन । सहभागीहरुले आफ्ना समस्याहरु समेत बताउदै थप सुझबुझ र ज्ञान आर्जन गर्ने अवसरको रुपमा लिएका थिए र साथै छलफलमा सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रको सञ्चालन आयोजक संस्थाका सचिव राजेश वि.क.ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

<