सम्पादकीय : फेरी सुुरु भयो किचलो

मुुलुकमा फेरी एकप्रकारको किचलो सुुरु भएको छ । कुुर्सिदौडमा हार्ने अवस्थामा खेल नै रद्ध गरेपछि यतिवेला खेल किन रद्ध गरेको भनेर विपक्षिले भनिरहेको अवस्था छ ।

नियम भंग गर्दै आफै मात्र कुुर्सिमा बस्ने योजना बनाएको भनेर विपक्षिले कुुर्सी जसरी पनि कब्जा गर्ने रणनीति बनाएको संकेत पाउनासाथ आफ्नो कुुर्सिमा अरु बस्न नहुुने भन्दै कुुर्सिदौड नै रद्ध गरेको अवस्था छ ।

सवैलाई थाहै छ, यो प्रसंग वर्तमान सत्ता संघर्षको हो । केन्द्रमा भएको गतिविधिले तल्लो तहसम्म पनि असर गर्दछ । यतिवेला देशैभर फेरी कित्ता सुुरु भैसकेको छ ।

कार्यालयमा आ–आफ्ना गुुटका ताला लाग्न थालेका छन् । गल्ति हाम्रो होइन, उनैको हो भनेर एकले अर्कोलाई प्रहार गर्ने क्रम शुुरु भैसकेको छ । लामो समयदेखि केपी ओलि संकटमा थिए ।

संकटमा पर्ने कारण पनि आफैले उब्जाएका हुन् । प्रधानमन्त्री र अध्यक्ष दुवैमा आफै भैराख्ने र आफै शक्तिशाली बन्ने योजना भएपछि पार्टी एकता गरेका प्रचण्ड र उनीपक्षका नेताहरु रुष्ट थिए ।

त्यसमा पनि आफ्नै पार्टिका भनिएका माधव नेपाल समूूह र झलनाथ खनाल समूूहलाई समेत मिलाएर राख्न नसक्दा केपी ओली एक्लिदै गएका थिए । अन्ततः शक्ति बाँडफाँडमा लामो समयदेखि कुरा मिलेको थिएन । त्यसकारण भित्रभित्रै अनेक खालका षड्यन्त्रहरु भैरहेको सवैलाई थाहै छ ।

अन्तिम अवस्थामा स्थायी कमिटि बैठकमा समेत उपस्थित हुन र प्रतिवाद् गर्ने हैसियत गुमाएपछि प्रधानमन्त्रि ओलि अत्तालिईरहेका थिए । त्यहि अवस्थामा अब राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई कमजोर बनाउने र आफूू अनुुकुलका गतिविधि अगाडि बढाउने संकेत पाईसकेपछि प्रधानमन्त्री ओलिले संसद् विघटन गरे ।

संसद् विघटनसंगै मध्यावधि निर्वाचनसमेतको घोषणा भएको छ । तर यो घोषणाले निर्वाचनमा हरुवाहरु या नयाँ अवसर खोजिरहेका दल र नेतागणबाहेक आम जनतामा आशा दिलाएको छैन । फेरी पनि देश खर्चिलो प्रक्रियामा जाँदैछ । देशमा उद्योगधन्दा खोल्नुुपर्ने अवस्थामा फेरी पनि बीचैमा निर्वाचन गरेर देश र जनतालाई कंगाल बनाउने काम हुुदैछ ।

निर्वाचन भैहाल्यो भने निकै खर्चिलो बन्ने छ भने निर्वाचन भएन भनेपनि मुलुुकमा लोकतन्त्रको स्थायीत्व हुुन सक्दैन । दिक्क भएका जनताहरु भोलि यो व्यवस्थाको विकल्प खोज्न थाल्दछन् ।

यस्तो अवस्थामा स्पष्ट बहुुमत आउन सक्दैन र फेरी पनि मिलिजुुली सरकार बनाउनुुपर्ने हुुन्छ । मिलिजुली सरकारले पनि महत्वपूूर्ण कामहरुमा सर्वसम्मत निर्णयहरु गर्न सक्दैन । मुलुक लामो समय अस्थिर बन्न पुुग्दछ ।

एकातिर यस्तो अवस्था हुुन्छ भने अर्कोतिर गाउँघरमा मिलेर बसेका जनतामा पनि तेरो पार्टी र मेरो पाटी भन्दै चोक, चौतारा र चियापशलमा समय विताउने र कतै उच्छृंखल गतिविधि गर्नेबाहेक अरु राम्रा गतिविधिहरु बढ्ने सम्भावना निकै कम छ । यसर्थ केन्द्रको किचलो गाउँ–गाउँ र टोल–टोलसम्मै विस्तार हुन थालेको छ । यसले नागरिकमा उत्साह भन्दा निराशा थप्दै जाने संभावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस

<