सल्यानमा राष्ट्रिय परिचयपत्र वितरण सुरु, नागरिकता अनिवार्य

साउन ७, सल्यान
सल्यानमा मंगलबारबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । नेपाली नागरिकको पहिचानका लागि र बहुउपयोगि काम गर्ने भएकाले राष्ट्रिय परिचय पत्र वितरण गरिएको सुरु गरीएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेबाट परिचयपत्र वितरण सुरुवात गरीएको छ । परिचयपत्र वितरणका लागि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय स्थापना गरिएको छ ।
। राष्ट्रिय परिचय पत्रले नागरिकलाई विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउन सहयोग र्पुयाउने बहुउपयोगी कार्डका रुपमा प्रयोग हुने प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बताए । ब्यक्तिको राष्ट्रिय पहिचान पत्र, मतदाता परिचयपत्र, जग्गा जमिन र अन्य सम्पतिको अभिलेख, बैंकिङ कारोवारको अभिलेख, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा परिचय पत्रको उपयोग गर्न सकिने छ उनको भनाई छ । सल्यानमा एक लाख ९९ हजार १९९ जनाले नागरिकता पाएका छन् । ती सबैलाई कार्ड वितरण गरिने उनको जान्कारी गराए । ब्यक्तिको पहिचानसम्बन्धी समस्या समाधान गर्न, ब्यक्तिको जैविक तथा व्यक्तिगत विवरण प्राप्त गर्न, एउटै राष्ट्रिय परिचयपत्रबाट विविध सेवा प्राप्त गर्न सकिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका इन्जिनियर राम थापाले बताए । गैर आवासीय नेपाली र विदेशीको तथ्यांक यकिन हुने भएकाले पनि परिचय पत्र निकै महत्वपूर्ण हुने उनको भनाई छ । उनले भने, ‘यसले दोहोरो परिचय वा नक्कली परिचय बनाउने जस्ता अपराध नियन्त्रण हुने छ ।’ उनका अनुसार परिचय पत्रमा व्यक्तिको वैयक्तिक पहिचानका लागि छुट्टा छुट्टै परिचय नम्बर प्रदान गरिने र सोही नम्बरका आधारमा व्यक्तिको पहिचान गरिने छ । राष्ट्रिय परिचय पत्र कार्ड बनाउँदा अनिवार्य रुपमा नागरिकताको सक्कल चाहिने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । ‘यो पत्र स्मार्ट कार्ड जस्तो हुन्छ । जसमा व्यक्तिको सम्पूर्ण विवरण राखिएको हुन्छ’ उनले भने,‘दश अक्षरको परिचय पत्र नम्बर हुन्छ । जसले व्यक्तिलाई चिनाउन मदत पुग्छ ।’राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र व्यक्तिगत विवरण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

<