यस्ता छन् मन्त्रिपरिषदले गरेका १६ निर्णय

जेठ ९ गते,

काठमाडौं । अतिक्रमित सरकारी जग्गाबारे छानबिन गर्न सरकारले गठन गरेको छानबिन आयोगलाई ६ महिनाको समय दिइएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आयोगलाई ६ महिनाको समय दिइएको जानकारी दिए ।

सरकारले सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न झापाका मोहन भट्टराईको अध्यक्षतामा ४ सदस्यीय आयोग गठन गरेको छ । आयोगको सदस्यमा जानकी अधिकारी, दुर्गा दाहाल र जगत बहादुर देउजा रहेका छन् ।

गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकल यीसहित विभिन्न १६ वटा निर्णय गरेको छ । सरकारले जापान सरकारबाट प्राप्त हुने करिब २५ करोड ६० लाख अनुदान सहायतास्वीकार गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्ले मेलम्ची परियोजनाको सुरुङ निर्माणका क्रममा विशेष परिस्थिति सिर्जना भएकाले आयोजनाको गर्न बाँकी काम तत्काल अघि बढाउन आवश्यक प्रक्रिया तत्काल थाल्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

<