आज आमाको मुख हेर्ने दिन, के छ यसको महत्व ?

 

2020-04-23-12944

 


वैशाख ११ गते । 

मातातिर्थ औंशि अर्थात आमाको मूख हेर्ने दिन प्रत्येक वर्ष बैशाख कृष्ण औशिको दिन मनाईदै आएको छ । यस वर्ष अर्थात २०७७ सालमा बैशाख ११ गते बिहीबार अर्थात आजै उक्त दिन परेको छ । यस पर्वमा आमाप्रति श्रद्धा भाव प्रकट गर्ने गरिन्छ  । काठमाडौँ महानगरपालिकाअन्तर्गत पिङ्गलास्थानस्थित रामघाट स्वास्थ्य केन्द्रकी डा. उरुसा पौडेल भन्नुहुन्छ, आमाको अनुहार हेर्ने अति पवित्र दिनमा सबैले सामाजिक दूरी कायम गरेर मात्र आमाको अनुहार हेर्दा राम्रो हुने सुझाव दिनुहुन्छ ।

 

मातातिर्थ औंशिका दिन जीवित आमालाई मिठा परिकार र नयाँ वस्त्र उपहार दिने गरिन्छ र दिवंगत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिदै आएको छ । जीवित अथवा दुुवै आमाको तृप्तिका लागि यस दिनलाई पूून्य पर्व मानिन्छ ।

यस अवसरमा काठमाडौंको पश्चिमी भेगमा रहेको माथातिर्थमा प्रत्येक वर्ष मेला लाग्दै आएको छ । यस वर्ष भने कोरोना महामारीको संक्रमण फैलने डरले ठूूलो मेला लाग्ने छैन । यथास्थानमै मानिसहरुले आमाको श्रद्धा, भक्ति र सम्मानका कामहरु गर्नेछन् । उक्त माथातिर्थमा बौद्ध धर्मावलम्बीहरु समेत आमाको श्राद्ध गर्न जाने गरेका थिए ।

हिजोआज सामाजिक सञ्जालले अँझ यसको प्रचारप्रसारमा मदत पुुगेको छ । आमालाई खुुशी राख्नुुपर्छ वा आमाको सेवा गर्नुुपर्छ भन्ने कुुराहरु धेरैले मनन् पनि गरिरहेका छन् भने आ आफ्ना आमाको फोटो फेसबुुकमा राखेर चिनाउने गरेका छन् । कतिपयले यसलाई विकृति पनि ठान्दछन् भने पछिल्लो समयमा स्मरण गर्नुुलाई या सवैले चिन्नेगरी फोटो राख्नुुलाई स्वभाविक रुपमा पनि लिने गरिएको छ । तर दिवंगत आमाको सम्झनामा श्राद्ध गर्नुपर्ने, पिण्ड दिनुुपर्ने र दानपुुन्यका कामहरु गर्नुुुपर्ने जस्ता कुुराहरु भने खासै बढेका छैनन्् ।

 

तर जे भएता पनि आमाबुवा भनेका जिउदा देवता हुुन्, आमा बुुवाको सम्मान गर्नुुपर्छ, सेवा गर्नुपर्छ, आमा बुुवालाई खुुसी बनाउनुुपर्छ भन्ने कुराहरुलाई सामाजिक सञ्जालले अँझ बढि जानकारी दिने गरेको छ । दिवंगत मातापिताको लागि पनि सवैले स्मरण गर्ने र फोटोहरु राखेर अरुसामुु पहिचान गराउने कार्य धेरैले गरेको देख्न सकिन्छ । सन्तानका लागि आमाको महिमा संसारका सवै मानवका लागि उत्तिकै महत्वपूूर्ण छ । आमा बुुबाको सेवा र सम्मान गर्नुुपर्ने कुुरा हिन्दुुहरुको लागि मात्रै नभै समग्र मानव जातिको लागि मनन्योग्य कुुरा हुुदै गएको छ । अतः जन्म दिने आमालाई खुुसी राख्ने, सम्मान गर्ने र आमालाई सम्झिने दिनको रुपमा यो पर्वले महत्व पाउदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

<