सल्यान, १० चैत्र ।
आम सर्वसाधारणलाई न्याय प्राप्तिका निमित्त सहज बनाउनका लागि सल्यानको कालिमाटी गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको छ ।
विपन्नलाई आय, पिडितलाई न्याय भन्ने नारा सहित गाउँपालिकाले सबै वडामा न्यायमा जनताको पहुँच कार्यक्रम सञ्चालन गरेको हो । मंगलबार कालिमाटी गाउँपालिकाको वडा नं ७ को घुइयाबारीमा कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय सरकारको न्यायीक समितिबाट नागरिकले सहज र सरल तरिकाबाट न्याय पाउने तथा आम महिला, गरिब, पिछडिएका वर्गले विना संकोच न्यायीक समितिमा आउने वातावरण बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कालिमाटी गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक सनशिलता ओली डिसीले जानकारि दिइन् ।
कार्यक्रममा महिला तथा अन्य सहभागीहरुले अव आफुहरुलाई घर परिवार, समाज कतै पनि अन्यायमा, हिंशामा परेको महसुस भएमा न्यायालय सम्म जाने आंट आएको बताएका थिए । तर न्यायीक समितिले निष्पक्ष र छिटो छरितो तरिकाले न्याय दिनुपर्ने सुझाव उनीहरुले दिएका छन् ।
वडा नं ७ का वडा अध्यक्ष नयनसिंह रानाको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समितिको अधिकार क्षेत्रको बारेमा जानकारि संगै न्यायमा पहुँचका सम्बन्धमा स्थानीय तहमा देखिएका समस्या र चुनौतीहरु बिषयमा अन्तरक्रिया समेत गरिएको थियो ।
कालिमाटी गाउँपालिकाको आयोजना र गाउँवेशी सुचना केन्द्र सल्यानको सहजिकरणमा भएको न्यायमा पहुँच कार्यक्रम संचालन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस