कम्युनिष्ट सरकारका लागि अहिलेको समय स्वर्णिम युग हो

मुलुकमा अहिले ईतिहासकै शक्तिशाली सरकार छ । एकातिर २०६२÷०६३ मा भएको ऐतिहासिक जनआन्दोलबाट भएको परिवर्तनलाई संस्थागत गर्ने समय छ भने अर्कोतिर २००७ सालदेखि प्रतिक्षा गर्दै आएको संविधानसभाबाट विधिवतरुपमै निर्मित संविधानको सहि कार्यान्वयन गर्ने बेला भईरहेको छ । यसरी एकातिर विधिवतरुपमै करीब अढाई सय वर्षदेखि चल्दै आएको शाहबंशिय राजसंस्थाको अन्त्य भई इतिहास नै नयाँ मोडमा पुगेको यो अवस्था छ भने अर्कोतिर ईतिहासका सवैभन्दा ठूला शक्तिशाली कम्युनिष्टहरु एकठाउँमा भई सरकार गठन गरेको अवस्था छ । यो सरकारले चाह्यो भने मुलुकमा निकै ठूलो सुधार र समृद्धिका ढोकाहरु खोल्न सक्छ । यो अवसर पटक पटक नआउन पनि सक्छ ।
तर यति ठूलो अवसर हुँदाहुँदै पनि अहिलेको सरकारबाट जनतामा निराशा छाउन थालिसकेको छ । कम्युनिष्ट सरकार कतै दक्षिणपन्थिमा परिणत त हुदैन, नागरिकहरुले संका गर्न थालिसकेका छन् । कम्युनिष्ट सरकारमा हुनुपर्ने लक्षणहरु खासै देखिएका छैनन् । शक्तिशाली राष्ट्रहरु कम्युनिष्टहरुलाई सखाप पार्ने दिशामा रहेको भनाई जनमानसमा गुन्जिना थालेको छ । सत्तामा पुगेर पनि कम्युनिष्ट चरित्र देखाउन नसक्नुले अब सरकार दक्षिणपन्थि धारमा उभिन थालेको महशुस धेरैलाई हुन थालेको छ । पैंसा नै सबथोक हो र सक्नेले जति पनि थुपार्नपाउनुपर्छ भन्ने व्यवस्थालाई थप मलजल गरेको छ । पैंसाका अगाडि आमा बुबा, दाजुभाइ, दिदी बहिनी, धर्म संस्कृति एबं हाम्रा मूल्य मान्यता सवै गौण मान्ने चरम पूजिवादी व्यवस्थामा मुलुक पुग्न थालेको आभाष जनतालाई हुदैछ । यी कुराहरु विश्लेषण गर्न नसक्नु र सोहि अनुसारको नीति एबं कार्यविधी बनाउने दिशामा सरकार अगाडि नबढ्नुले सरकार असफल हुने आँकलन धेरैले गर्न थालेका छन् । सर्वहारा वर्गलाई माथि उठाउने नारा केवल नारामै सीमित हुन थालेको छ ।
अतः शक्तिमा भएर पनि शक्तिमा भएको थाहा नपाउने सरकारको रुपमा नेपाली जनताले अहिलेको सरकारलाई बुझ्न थालेका छन् । दुई ठूला पार्टीको अहिलेको सरकारले ठूला ठूला निर्णयहरु गर्न सक्नुपर्नेमा केही नगरेको आभाष जनतालाई हुनुले यो स्वर्णिम युगको महत्व नबुझेको महशुस नेपाली जनताले गरेका छन् । अहिलेको सरकारले चाह्यो भने कामका लागि कोहि पनि विदेश जानुनपर्नेगरी रोजगारीहरु श्रृजना गर्न सक्दथ्यो । भू उपयोग नीति ल्याएर उत्पादनयोग्य भूमि कोहि कसैको पनि बाँझो नरहने व्यवस्था गर्न सक्दथ्यो । सयौं रोपनी र विगाहा जमिन कब्जा गरेर खेती नगर्ने जमिन्दारहरुलाई जग्गाको हदवन्दी लगाउन सक्दथ्यो या राज्यले भाडामा लिएर उपयोग गर्न सक्दथ्यो । सवै प्रकारका शोषक, सामन्त र दलालहरुलाई ठेगाना लगाउन सक्दथ्यो ।
अतः चाह्यो भने यो सरकारले धेरै गर्न सक्दथ्यो, तर त्यस दिशामा सरकार अँझै अगाडि बढ्न नसकेको महशुस जनताले गर्न थालेका छन् । त्यसैले यो स्वर्णिम समयलाई सरकारले अँझै पनि सदुपयोग गरोस् । नेपाली जनताको चाहना यहि नै हो ।

प्रतिक्रिया दिनुहोस

<