गरिबले नै बजारमा सवैभन्दा महंगोमा बस्तु खरिद गर्दछ

जहाँ पातलो त्यहि नै पहिला छिर पर्छ भनेझै अहिले गरिबहरुका लागि त्यस्तै भएको छ । समाजमा पूजिबादी व्यवस्था हावी हुदै गएपछि स्पष्ट रुपमा वर्ग विभाजन हुदै गएको छ । वर्गिय खाडल झन गहिरिदै छ । जोसंग पंसा छैन उसले सवैभन्दा महंगोमा बस्तु खरिद गर्न बाद्य छ ।

धनिले खाद्यान्न किन्दा सवैभन्दा कम मूल्य पर्ने समयमा र लामो समयको लागि पुग्ने गरी किन्दछ । अन्न भित्र्याउने समयमा उसले खरिद गर्दछ । त्यति मात्रै होइन, जोसंग नगद कारोबार गर्न सक्ने अवस्था छ, उसले अरुभन्दा सस्तो दरमा बस्तु  पाएको हुन्छ ।

पौषमा चाहिने लत्ताकपडा धनीले श्रावन भाद्रमै खरिद गरिसक्छ, तर गरिबले मंशिर नलागी बाक्ला कपडा किन्दैन । ता कि मंशिर पौष महिनामा तातो कपडा महंगो भैसकेको हुन्छ । बजारमा किन्ने कुुनै पनि वस्तुुमा बार्गेनिङ क्षमता धनीहरुकै बढी हुन्छ । धनीसित अत्यावश्यक पैंसा जुुनसुुकै समयमा पनि हुुनेहुुँदा उसलाई पशलेले पनि अलिक सस्तो दरमा बस्तु उपलब्ध गराउदछ ।  गरिबले बजारमा पशलेले भनेकै मूल्यमा खरिद गरिरहेको हुन्छ भने धनीले धेरै नै बार्गेनिङ गरेको देख्न सकिन्छ ।

जोसंग पैंसा छैन, उसले साहुले जति भनेपनि नाइनास्ती गर्न सक्दैन । यदि साहुले उधारो दिएन भने समस्या पर्छ भनेर गरिबले बजारमा बस्तुको मूूल्य घटाउन पनि चाहदैन । अँझ कतिपय साहुले त उधारो भनेपछि निकै बढी मूल्य गरेको पनि पाउन सकिन्छ । यसरी अहिलेको व्यवस्थामा गरिबहरु झन गरिब हुने र धनीहरु झन धनी हुुने अवस्था अहिलेको छ । आर्थिक न्यायका जतिसुकै कुुरा र भाषण गरेपनि ति केवल देखाउनका लागि मात्र गरिएका हुन् । यथार्थमा गरिबहरु माथि उठ्नसक्ने अवस्था अहिले देखिदैन । गरिबको बार्गेनिङ क्षमता सवै क्षेत्रमा कमी छ ।

घर बनाउने सामान उधारो किन्यो भने सामान दिने पशलले लुटिरहेको हुुन्छ । छोराछोरीको विवाह या पढाईलेखाईका लागि ऋण मागेमा बैंक, सहकारी वा लघु वित्तले चर्को व्याज लिएको देख्न सकिन्छ । अँझ गाउमा साहुले त झन चर्को व्याज लिएको देख्न सकिन्छ । यसरी गरिब अहिले चारैतिरबाट मर्कामा छ । यो मर्का राज्य सञ्चालकहरुले बुझ्नपर्ने हो, तर बुझ्दैनन् र बुझ्न चाहदैनन् । यसबारेमा राज्यले केही व्यवस्था गर्न सकेन वा चाहेन भने देशमा चरम असमानता बढ्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस

<