सल्यानको त्रिवेणी गाउँपालिकाले ग¥यो कुपोषण हटाउने अभियान शुरु

सल्यान, ९ माघ  ।
जिल्लाको एक गाउँपालिकाले कुपोषण हटाउन अभियान शुरु गरेको छ । पोषणमा सुधारका लागि त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधिलगायत सरोकारवालाहरुले सामुहिक प्रतिबद्दता जनाएका छन् ।

दुइवर्ष मुनिकाबालबालिका र आमाको स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले विभिन्नकार्यक्रम संचालनगरी कुपोषण हटाउने अभियानथालेको गाउँपालिकाले जनाएको छ ।

त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले त्रिवेणी गाउँपालिकालाई पुर्ण पोषणयुक्त बनाउने लक्ष्यका साथ गाउँपालिका भित्रका प्रत्येक घरमा पुर्ण पोषण युक्त खानाखाने बानीबसाल्न अभियान थालिने बताउनु भयो ।

यस अभियानलाई सफल बनाउन सबैले आजकै दिन बाट लाग्नु पर्छ उहाँले भन्नुभयो,‘सबैले आफैबाट शुरुवात गरेपछि असम्भव भन्ने केही छैन् । गाउँमा उत्पादनहुने भट्ट बेचेर सोयाबीन खाने होइन, आफैले उत्पादन गरेको मकै भटमास खाएपनि पोषणमा सुधार ल्याउन सकिन्छ ।’ उहाँले अर्गानिक उत्पादन बढाउने र बाहिरबाट आयातहुने सामाग्री घटाउने अभियानमा गाउँपालिका जुटेको बताउनु भयो ।

यस अभियानलाई सफल बनाउन दलितविकास समाजको साझेदारीमा संचालित सुआहारा कार्यक्रमसंग सहकार्य गरेर १००० दिनेबच्चा र महिलाहरुको पोषण सुधारका लागि आवश्यक विभिन्न नीति तथा कार्यबिधिहरु बनाई कार्यान्वयनगर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष नै पोषण दुत
माघ ७ र ८ गते दुई दिनसम्म संचालनभएको एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रममा दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठिमा आम मानिसको पोषण सुधारका लागि गर्भवती अवस्था देखि नै बिशेष ध्यान पु¥याउनु पर्ने भएकाले गर्भवतीआमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाका उपाध्यक्ष करुणाखड्कालाई पोषण दुत घोषणा गरिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बुढाथोकीले जानकारी दिनुभयो ।

गाउँपालिकाका ग्रामीण क्षेत्रकाआमाहरुलाई ‘सुनौला हजार दिन’को महत्व, स्वस्थ र पोषणयूक्त हुनको लागीगरिने असल बानी व्यबहार र नियमित स्वास्थ्य चेकजाँचको महत्वबारे शिक्षा दिन गाउँपालिका उपाध्यक्षलाई पोषण दुतको जिम्मेवारी दिइएको छ ।

पालिकाको पोषण दुतको रुपमा जिम्मेवारी लिदै गाउँपालिका उपाध्यक्ष तथा पोषण दुत करुणा खड्काले ‘सुनौलाहजार दिन’को अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकाले गर्भ रहेदेखि नौ महिनासम्म लगतार चार पटक गर्भ जाँच गर्न, नियमित आइरन चक्कीखान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन, बच्चाको नियमित बृद्धि अनुगमन र विभिन्न खोप लगाउने बारे पनिग्रामीण क्षेत्रमा बुझाउँदै जाने बताउनु भयो ।

उहाँले गाउँघरमा अझै पनि महिलाहरुले पोषणयुक्त खान नजानेकाले स्वास्थय सम्बन्धी समस्याआउने गरेको बताउनुभयो ।

कार्यशा लागोष्ठिमा पालिका भित्रका विषयगत शाखा (शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, कृषि, पशु र महिला तथा वालबालिका) अन्तर्गत भएका बिभिन्न प्रगती साथै आगामी योजनाहरुको वारेमाशाखा प्रमुखहरुद्धारा प्रस्तुतिकरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले गाउँपालिकाले पोषण सुधारको लागि आवश्य ऐन, नीति तथा कार्यविधिहरु तयार गरि सोहीअनुसारका क्रियाकलापहरुको योजनागरी कार्यान्वयन गरिने जानकारी गाराउनु भयो ।

उहाँले पोषण सुधारका लागि सुआहारा कार्यक्रमले खेलेको भुमिकाको प्रशँसा गर्दै यस कार्यशाला गोष्ठिको निश्कर्षले स्वास्थ्य र पोषणको क्षेत्रमा आगामी दिनमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन सहयोग हुने बताउनु भयो ।

यस्तै सुआहारा सल्यानका कार्यक्रमका कार्यक्रम संयोजक अमृत पौडेलले नेपाल सरकारको बहु क्षेत्रीय पोषण योजनाको मार्ग दर्शन अनुसार सुआहारा कार्यक्रम सञ्चालनमा रहेको बताउनु भयो, साथै त्रिबेणी गाउँपालिकासँग सहकार्य गर्दै पालिकाभित्र बसोवास गर्ने आम नागरिहरुको पोषण सुधारमा पालिकाको सहयोगी विकास साझेदारको रुपमा कामगर्दै समग्रमा नेपालसरकारले लिएको लक्ष्य अनुसार स्वास्थ्य, पोषण, सरसफाई र कृषिकासुचकहरुमा सुधार गरिदिगो विकास लक्ष्य हासिल गर्नमा सहयोग गरिरहेको बताउनु भयो ।

कार्यक्रममा साझेदार सस्ंथा दलितबिकास समाज (डिडिएस) सल्यानका अध्यक्ष निमबहादुर नेपालीले सुआहारा कार्यक्रमको समयाबधि सकिए पछि पनि यस गाउँपालिकामा सस्ंथाद्धारा संचालन भैरहेका अन्यकार्यक्रम÷परियोजनाहरुको कार्यान्वयनको शिलशिलामा सुआहारा कार्यक्रम अन्तर्गत भएका उपलब्धिहरु, असलअभ्यासहरुलाई दिगो रुप दिनकालागिनियमितरुपमा सहयोग गरिरहने वताउनु भयो ।

त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभातकुमार श्रेष्ठले संचालन गरेको कार्यक्रमका सहभागी सबै जनप्रतिनिधिहरु लगाएत सरोकारवालाहरुले पालिकाको स्वास्थ्य तथा पोषण सुधारका लागि बहु क्षेत्रगत रुपमा गरिने बिबिध क्रियाकलपहरु, नीतिमा सुधार गर्न सकिने आवश्यक बुदाँहरु सहितको प्रतिवद्धता पत्र पनि जारी गरिकोछ ।

सो कार्यक्रममा सुआहारा दाङका कार्यक्रम संयोजक सुरज कुमार शर्मा लगायतकाले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

<