नेकपाको विवाद स्थानीय तहसम्म, सल्यानको कार्यालयमा २ ताला, पचण्डको छुटै भेला


सल्यान, ७ पुस ।
केन्द्रमा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली समुह र अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव नेपाल समुहको विवाद उत्कर्षमा पुगीरहेको वेला त्यसको असर जिल्ला हुदै स्थानीय स्तरमा पनि पुग्न थालेको छ ।

यसै बीच सोही विवादलाई लिएर नेकपा बागचौर नगर कमिटीको बैठक बसेको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टीका बागचौर नगर कमिटी सचिव तथा बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले ‘संघिय लोकतान्त्रीक गणतन्त्र बिरोधी तत्वका विरुद्ध पार्टी नगर कमिटीको बैठक बस्ने जानकारी सहित सोमबार सामाजिक संजाल मार्फत जानकारी गराएका थिए । सोहि अनुसार बागचौरमा नगर इन्चार्ज टिकाराम वलीको अध्यक्षतामा बैठक बसेको थियो ।

यसै बीच सोही विवादलाई लिएर नेकपा सल्यानको पार्टी कार्यालयमा नेकपाका अध्यक्ष ओली र प्रचण्ड नेपाल समुहले पार्टी कार्यालयमा आ–आफ्नो दावि गर्दै दुवै समुहले तालावन्दी गरेका छन ।

दुवै समुह बीच तनावको अवस्था बनेपछि अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको छ । नेकपा पार्टी कार्यालय सल्यानमा अवस्था तनवापूर्ण भएको छ । दुवै समुहका नेता कार्यकर्ताको बाक्लो संख्यामा उपस्थिति रहेको र थपिने क्रम जारी छ ।

प्रधानमन्त्रीले आईतबार संसद बिघटन गरेपछि नेकपा पाटी विभाजन तर्फ उन्मुख भएको छ । सोमबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री वलीले आफुले बाध्य भएर संसद बिघटन गरेको र ताजा जनादेशमा जाने बताएका थिए ।

आफ्नै पार्टीका नेताहरुले अविस्वासको प्रस्ताव ल्याएर आफुलाई हटाउन थालेपछि संसद बिघटन गरेको उनको भनाई छ । विवाद बढ्दै जाँदा मंगलबार नेकपाका एक समुहले अर्को समुहलाई कारवाहि गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस

<