सम्पादकीय : निरंकुुश चरित्र अहिले पनि हावी छ

शासक वर्ग सधैं अन्धो रहने अवस्था देखिदै आएको छ । किनकी शासक वर्ग केही सीमित व्यक्तिहरुको मात्रै घेरामा रहन्छ । उसका निश्चित सल्लाहकार हुन्छन् । सल्लाहकार राम्रो भैदिएपछि मात्रै शासक वर्गले राम्रो काम गर्ने हो ।

अतः शासकका पछाडि कस्ता व्यक्तिहरुको बाहुुल्यता छ भन्ने कुराले महत्व राख्दछ । निरंकुुश चरित्र हुने कारण सत्ता मोह नै हो । सत्तामा बस्दा उनका आसेपासे, नातागोता र आफन्तीले गलत कामहरु गन उक्साईरहेका र बाद्य पारिरहेका हुुन्छन् । जसले आम नागरिकहरु भन्दा तिनै आफ्ना नातागोता, कार्यकर्ता र आफ्न्तीहरुकै हितमा काम गर्न नेतृत्व वर्ग अगाडि बढ्दछ, त्यसपछि नागरिकहरुले सत्तामा बस्नेहरुका विरुद्धमा आवाज उठाउन थाल्छन् ।

यस्तो अवस्थामा बुुझ्ने शासक भैदिने हो भने त्यसबाट सच्चिने अवस्था पनि हुुन सक्दछ । तर नबुुझ्ने शाशक भैदियो भने नागरिकहरुमाथि दमन गर्न थाल्छ । नेपालको सन्दर्भमा लामो समयदेखि यस्तै हुदै आईरहेको छ । नागरिकहरुले सहि रुपमा विरोध गर्दा पनि आफ्नो विरुद्धमा खनिएको देख्दा सत्तामा बस्नेले झनै दमनका योजनाहरु बनाउदछ ।

सन्दर्र्भ केपी सरकारले गरेको संसद विघटनको हो । आफूू नहुदा देशै रहदैन भनेर कुनै समय शाहबंशीय राजाहरुले भन्दै आएका थिए । केपी ओलिले पनि त्यसै गरे । सत्ता सम्हाल्न गाह्रो थियो भने पहिले नै सहजतातिर लिन सक्नुुपर्दथ्यो । कुुनै न कुुनै गलत काम नगरी दुुश्मन पनि सल्बलाउदैन भन्ने कुुरा बुुझ्नुुपर्दथ्यो । सधैं छलकपटमै लागेका कारण स्पष्ट रुपमा पार्टी भित्र र बाहिर दुवैतिर उनी कमजोर बन्न पुुगे ।

अन्ततः सत्ताबाट हट्नुुुपर्ने अवस्थामा पुुनः अर्को निर्वाचनमा जाने गरी संसद्को मध्यावधि निर्वाचन घोषणा गराउने तयारीमा उनी लागे । राष्ट्रपतिमार्फत निर्वाचनको मिति नै घोषणा गराए ।

यसर्थ यी सवै कुराहरु सत्तास्वार्थले उब्जिएका हुुन् । निरंकुुश चरित्रका कारण यो अवस्था आएको हो । जसले जे भनेपनि कुर्सि मोहले यो अवस्था निम्त्याएको हो । अरुलाई शत्ता र शक्तिमा जानैनदिने सोचका कारण अहिलेको अवस्था आएको हो । आफ्नै पार्टीभित्रका नेताहरुलाई पनि रुष्ट बनाउनुु भनेको एकलौटि रुपमा चल्ने प्रवृत्ति नै हो ।

तत्कालका लागि एउटा निकास देखिएता पनि मुुुलुुक झन् झन् कंगाल बनाउने दिशामा अगाडि बढेको छ । पाँच वर्षे कार्यकालका लागि गरेको निर्वाचन तीन वर्षमै फेरी गर्नुपर्ने भएका कारण विकास हुनुुपर्ने बजेट जति फजुुल खर्च गरेर देशलाई उधोगतितिर धकेल्ने काम भईरहेको छ । सतिले सरापेको यो देश उभो लाग्न र आम नागरिकहरुले सुुख सुविधा भोग्ने दिन अँझ पर धकेलिएका छन् ।

प्रतिक्रिया दिनुहोस

<