दार्मा गाउँपालिका, ५ ढाकाडाममा प्रसुती गृहको उद्घाटन : प्रसुती हुन बाहिर जानुपर्ने बाध्यता हट्यो


सल्यान, ७ साउन ।
सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ५ त्रिबेणी, ढाकाडामा निर्माण गरिएको प्रसुती गृहको उद्घाटन गरिएको छ ।

सवुज गण सिमखर्क सल्यानको आयोजना तथा प्राबिधिक सहयोगमा प्रसुती गृह निर्माण गरिएको हो ।

प्रसुती गृहको बुधबार १९ नं. बाहिनी दाङका बाहिनीपती सहायकरथी सुशिल कुमार भण्डारी र दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सो अबशरमा बोल्दै सहायक रथी भण्डारीले स्थानीय स्तरमा नै महिलाहरुलाई सुरक्षित रुपमा प्रसुति हुनको लागि टेवा पु¥याउने उद्धेश्यले प्रसुति गृह निर्माण गरिएको बताउनुभएको छ ।

यस्तै गाउँपालिका अध्यक्ष केसीले अब जोखिम मोलेर घरमा नै प्रसुती हुने बाध्यताको अन्त्य भएको बताउनुभएको छ ।

करिब २५ लाख लागतमा प्रसुति गृहको निर्माण गरिएको भगवती कन्ट्रन्सनका प्रोप्राइटर जिङज्याङ राईले जानकारी दिनुभयो ।

बिगतमा प्रसुति हुनको लागी खलंगा, थारमारे जानुपर्ने बाध्यता रहेको बताउदैँ स्थानीय प्रभा वलीले गाउँमा नै प्रसुति गृह सञ्चालनमा आएपछि खुसी भएको बताउनुभएको छ । उहाँले अब प्रसुती गृह सम्म जानको लागि सडक निर्माण गर्न माग गर्नुभएको थियो ।


स्थानीय स्तरमा नै प्रसुति गृह निर्माण भएपछि स्थानीय खुसी भएका छन् । कार्यक्रममा सवुज गण सल्यानका गणपती घनश्याम भट्टराई, जनप्रतिनिधि, पत्रकार, स्थानीय लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

<