गएको आर्थिक वर्षमा बनगाड कुपिण्डे नगरपालिकामा ३८ लाख राजश्व संकलन

सल्यान, ७ साउन ।
बनगाड कुपिण्डे नगरपालिकाको गत आर्थिक वर्ष २०७६÷२०७७ को आन्तरिक राजस्व ३८ लाख बराबर राजस्व संकलन गर्न सफल भएको छ ।

५० लाख राजस्व उठाउने लक्ष्य लिएको नगरपालिका ले लक्ष्य भन्दा कम राजस्व उठाएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्त सम्म ७८ प्रतिशत अथवा ३८ लाख ९६ हजार ७ सय ७९ रुपैया राजश्व संकलन गरेको राजश्व शाखा भुपाल खड्काले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले लक्ष्य भन्दा २२ प्रतिशत कम राजश्व संकलन गरेको हो ।

नगरपालिका मुख्य राजस्व संकलन गर्ने भेरी नदि, बनगाड खोला, सङ्ग्रही खोला लगाएत स्थानीय खोलाबाट ढुङ्गागिट्टी बालुवाको कर संकलनको लागि टेण्डर आह्वावान गर्दा समेत कुनै पनि फर्मले काम गर्न इच्छुक नभएको हुदा राजस्व संकलनमा कमि आएको नगर राजस्व प्रामर्श समिति सयोजक तथा नगर उप प्रमुख मन्जु यरिले बताउनु भयो ।

कुपिण्डे तालको र नगरपालिकामा रहेका भेरी नदि बनगाड खोला सङ्ग्रही खोला लगाएत स्थानीय खोलाको टेण्डर आह्वावान गर्दा समेत कुनै पनि फमले टेण्डर नहाल्दा लक्ष्य अनुसार राजस्व उठान नसकेको नगर उप प्रमुख यरिले बताउनु भयो ।

नगरपालिका कार्यालय बाट मात्रै १७ लाख ४७ हजार ६६ रुपैया संकलन भएको नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत मोहन खड्काले बताउनुभयो ।

जसमा १ न वडा कार्यालय बाट ४ लाख ७३ हजार ९ सय ३५ रुपैया , २ न वडा बाट ९० हजार ६ सय ४५ रुपैया , ३ न वडा बाट ९० हजार २ सय ४५ रुपैया, ४ न वडा कार्यालय बाट १ लाख २२ हजार ८ सय २२ रुपैयाँ, ५ न वडा कार्यालय बाट १ लाख ६० हजार ५ सय ३० रुपैया, ६ न वडा कार्यालय बाट १ लाख ८२ हजार २ सय २५ रुपैया, ७ न वडा बाट २ लाख २४ हजार ५ सय २२ रुपैयाँ संकलन भएको छ ।

यस्तै ८ नं. वडा कार्यालय बाट १ लाख ७९ हजार ७ सय ६३ रुपैया, ९ न वडा बाट १ लाख ६१ हजार ६ सय ९७ रुपैयाँ , १० नं. वडा बाट ६० हजार ६ सय ५९ रुपैयाँ, ११ नं. वडा बाट २ लाख ३८ हजार ७ सय ४२ रुपैया र १२ नं. वडा कार्यालय बाट १ लाख ६३ हजार ८ सय ९९ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

कर, घरबहाल कर, भूमी कर, व्यबसाय कर, सिफारिस दस्तुर, नक्सा प्रमाणीत दस्तुर, अन्य कर संकलन गरिको अधिकृत खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

<