सल्यान, ७ साउन ।
सल्यानमा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुदाँ एक जना घाइते भएका छन् । श्रीनगरबाट खलंगा जाँदै गरेको रा ५ प ६८०१ नम्वरको मोटरसाइकल र खलंगा देीख श्रीनगर तर्फ आउँदै गरेको भे १ च १२९९ नम्वरको बोलेरो पिकअप एकआपसमा ठोक्किएका हुन् ।
जिल्लाको श्रीनगर–खलंगा सडक खण्डको मैसेपानी क्षेत्रमा बुधाबर दिउँसो करिब १ वजेतीर भएको दुर्घटनामा परेर जिल्लाको शारदा नगरपालिका १ का २५ बर्षिय मोटरसाईकल चालक घनश्याम न्यौपाने घाईते भएको प्रहरीले जनाएको छ ।
अहिले गाडी र गाडी चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ,भने घाइते मोटरसाइकल चालकलाई सल्यान जिल्ला अस्पतालमा प्राथामिक उपचार पश्चात थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । उनको दुवै खुट्टा भाँचिएको सल्यान प्रहरी प्रमुख, डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस