खान नपाएर जाजरकोटमा पहिरो पीडित एकजनाको मृत्यु

जाजरकोट, ७ साउन ।

बारेकोट गाउँपालिका–४ सार्की टोलका पहिरो पीडित दलवीर सार्कीको मृत्यु भएको  छ । गत असार २५ मा गएको पहिरोबाट सार्की टोलका ११ जनाको मृत्यु भएको   थियो । ५०० जना विस्थापित भएका छन् ।

विस्थापित भएपछि त्रिपालमा बस्दै आएका दलवीरको खाने बस्नको अभावमा बुधबार बिहान मृत्यु भएको वडा सचिव डम्वर पुनले जानकारी दिए  ।

वडा सचिव पुनका अनुसार यहाँ रहेका विस्थापितहरुलाई खाद्यान्नको समस्या रहेको बताए ।

चाँडै आधारभूत आवश्यकता पूरा नभए अन्य मानवीय क्षति हुने उनले                       बताए ।

बारेकोट पहिरो पीडितका पीडा : हेलिकोप्टरले त्रिपाल ल्यायो, ल्याएन खाद्यान्न बारेकोट पहिरो पीडितको व्यवस्थापनमा चरम लापरवाही जाजरकोट पहिरो पीडितको पीडा : खानेकुरा छैन कसरी बाँच्ने ?

प्रतिक्रिया दिनुहोस

<