कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन अन्त्य भएको सरकारको घोषणा

काठमाडौं, ७ साउन ।
कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन अन्त्य भएको सरकारले घोषणा गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन्।

कोरोना महामारीका कारण सरकोले चैत ११ देखि देशभर लकडाउन घोषणा गरेको थियो । करिब तीन महिना २५ दिनपछि सरकाले लकडाउन अन्त्य भएको सार्वजनिक रुपमै बताएको हो ।

प्रतिक्रिया दिनुहोस

<