‘रामलक्ष्मण’ सहितको एक हजारको नयाँ नोट छाप्दै राष्ट्र बैंक


काठमाडौं, ७ साउन ।
नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको १ हजार रुपैयाँको नयाँ नोट निष्कासन गर्ने भएको छ ।

केन्द्रीय बैंकले बुधबार एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नोटमा साविकको हात्तीको तस्बिरभन्दा नयाँ हात्तीको तस्बिर राख्न लागिएको हो ।

बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’

यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ ।

नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।

प्रतिक्रिया दिनुहोस

<