पर्यटन विकासमा मुख्यमन्त्रीको चासो

 

                    दाङ,  ७ असार ।
दाङको पर्यटन प्रबद्र्धन र विकासतर्फ प्रदेश सरकारले चासो देखाएको छ । कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेशको समृद्धिको यात्रा तय गरेको प्रदेश सरकारले हालै सार्वजनिक वजेटमा जिल्लाको पर्यटनको विकासका लागि १५ करोड वजेट विनियोजन गरेको मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्रीका स्वकिय सचिव सुरेश गौतमले जानकारी दिनुभयो ।

जिल्लाको पर्यटनको विकासका लागि मुख्यमन्त्रीको चासो व्यक्त भएको भन्दै स्वकिय सचिव गौतमले आर्थिक वर्ष २०७६र०७७ को प्रदेश सरकारको वजेटमा १४ करोड र केन्द्रीय सरकारको सशत्रबाट १ करोड १५ लाख गरी १५ करोड १५ लाख वजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

स्वकिय सचिव गौतमका अनुसार दाङको घोरदौरामा सांस्कृतिक डवली निर्माणका लागि १ करोड ५० लाख, बाह्रकुने दहमा बहुउद्देश्य पार्क निर्माणका लागि १ करोड ५० लाख, नवदुर्गा सामुदायिक वन तुलसीपुरमा आधुनिक पार्क निर्माणका लागि ३० लाख, लखन थापा पार्क घोराहीका लागि १ करोड वजेट विनियोजन गरिएको छ ।

त्यसैगरी घोराही–११ मा शहीद स्मारक पार्क निर्माणका लागि ५० लाख, लमही–५ मा ग्रीनपार्क निर्माणका लागि ३० लाख, देउखुरीको जंगलकुटि वनस्पति उद्यानका लागि ५० लाख, घोराहीमा मल्टिपर्पोज वोटानिकल गार्डेन निर्माणका लागि १ करोड, तुलसीपुरमा वोटानिकल गार्डेन निर्माणका लागि ५० लाख, बंगलाचुलीमा पार्क निर्माणका लागि ५० लाख वजेट विनियोजन गरिएको मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्रीका स्वकिय सचिव सुरेश गौतमले गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार रिहार क्षेत्र पर्यटकीय पुर्वाधार निर्माणका लागि २० लाख, दंगीशरण कल्चरल पार्क तथा शालिक निर्माणका लागि २ करोड, पुरन्धारा झरना गुरुयोजना निर्माण तथा पानी मुहान संरक्षणका लागि २० लाख, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पुर्वाधार निर्माणका लागि १ करोड, जखेरा ताल संरक्षण तथा सौन्दर्यकरणका लागि २५ लाख, राजपुर–२ स्थित सौराहाताल संरक्षण तथा व्यवस्थापनका लागि ३० लाख, तुलसीपुर–४ स्थित चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सौन्दर्यकरणका लागि ५० लाख, छिल्लीकोट पर्यटकीय क्षेत्र संरक्षणका लागि ५० लाख र घोराही धारपानी पर्यटन मार्गका लागि १ करोड वजेट विनियोजन गरिएको छ ।

त्यसैगरी जिल्लाको पर्यटनको विकासका लागि केन्द्रीय सरकारबाट पनि वजेट विनियोन गरिएको छ । केन्द्रीय सरकारद्वारा जारी आर्थिक वर्ष ०७६र०७७ को वजेटमा घोराहीको ज्यामीरे दह र सुकेदह संरक्षरणका लागि ३० लाख, शहीद नेत्र स्मृति पार्कका लागि २० लाख, बराह मन्दिर क्षेत्र पर्यटन पूर्वाधार विकासका लागि १५ लाख, अम्बिकेश्वरी मन्दिरको सिढी निर्माणका लागि १० लाख, चरिङ्गे दह पर्यटकीय पूर्वाधार विकासका लागि २० लाख र पुरन्धारा झरना पर्यटकीय पूर्वाधार विकासका लागि २० लाख वजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस