कुमाख गाउँपालिकाद्वारा राहत  वितरण

वैशाख १०, सल्यान

कुमाख  गाउँपालिकाले  विपन्न परिवारलाई राहत वितरण गरेको छ । मंगलबार २ वडाका एक सय आठ घरपरिवारलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको हो ।
राहत सामग्रीको दुरुपयोग नहोस् भनेर विशेष ध्यान दिइएको सम्बन्धीत वडा कार्यालयले पहिचान गरेका पिडितलाई राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन  ।
खाद्यान्न लगाएतका सामग्री मगंलबार वडा नम्बर ७ र ६ का  विपन्न घर परिवारलाई राहत प्रदान गरेको छ । ७ नम्बर वडामा ४९ र ६ नम्बर वडामा ५९ घर परिवारलाई २५ केजी चामल, १ केजी नुन, १ लिटर तेल, २ केजी दाल प्रति परिवारका दरले वितरण गरिएको छ ।

राहत वितरणको बेला हुन सक्ने भिडभाडलाई मध्यनजर गर्दै गाउँपालिकाले एक ब्यक्तिबाट अर्को ब्यक्ति विचको दुरी कायम गरि राहत वितरण गरिएको वडा न ६ का वडाध्यक्ष विरबल शर्माले बताए ।
स्थानीय स्तरमा पुगेर स्वास्थ्य सम्बन्धि जानकारी संगै खाद्यान्न सामग्री प्रदान गरेपछि विपन्न परिवारहरु खुसि भएका छन । त्यस्तै अज वडा नं. ४ र ५ मा वितरण गरीनेछ ।

प्रतिक्रिया दिनुहोस

<