बैदेशिक रोजगारी र निम्तिएका समस्याहरु

हामी नेपालीहरु गरिब छौं र गरिबीको चरम पीडामा छौैं । कामको खोजिमा विदेशिनुपर्दा धेरै नेपाली नागरिकहरुले अनेकखाले दुखकष्ट बेहोर्न बाद्य छौं । एकातिर चरम बैयक्तिक स्वतन्त्रता र अर्कोतिर आर्थिक असमानताले मानिसहरु सुखसित बाँच्न पाएका छैनन् । बैयक्तिक स्वतन्त्रताले जे मन लाग्यो त्यो गर्न उक्साएको छ भने आर्थिक प्रतिश्पर्धाले मानिस मानिस बीच द्वन्द्व छ ।
बैदेशिक रोजगारीले नेपालीहरुको जीवन सहज बनाएको कुरा पनि साँचो हो । तर संगसंगै हजारौं नागरिकहरुको घरपरिवारमा समस्या आएको कुरा पनि साँचो हो । जवानी युवाहरु भर्खर विहे गरेर आनन्दसित बस्नुपर्ने समयमा श्रीमती र परिवारको खर्च धान्न विदेशिनु पर्ने अवस्थाले विकराल रुप लिएको छ । मुलुकमा राजनैतिक रुपमा ठूलो परिवर्तन भएता पनि मुलुकको समृद्धिमा त्यति धेरै परिवर्तन देखिदैन । अहिले पनि राहदानी बनाउदै विदेश ताक्नेहरुको लाईन हटेको छैन । केहि थोरै कमी भएजस्तो देखिए पनि त्यो पुनः बढ्न सक्ने आँकलन गरिएको छ ।
व्यक्तिगत स्वतन्त्रताले समाजमा निकै ठूला विकृतिहरु बढेका छन् । परदेशिएका श्रीमानलाई भूलेर श्रीमतीहरुले अनैतिक सम्बन्ध गाँस्ने गरेका हजारौैं उदाहरण छन् श्रीमतीहरु छाडा भएका छन् । नैतिकता, अनुशासन, परम्परा र संस्कृति भूलेका छन्  । सभ्यता र संस्कार विर्सन थालेका छन् । अलिकति पनि धैर्यता गर्न नसकेर परपुरुषसंग दिन विताउन थालेका कैयौं उदाहरण छन् । केहि बाहिर प्रकट हुन्छन् त अधिकांश घटना बाहिर समेत प्रकट हुदैनन् । जव अनैतिक सम्बन्धबाट गर्भधारण हुन्छ, या शिशु नै जन्मिन्छ, त्यसपछि मात्रै प्रायः घटना सार्वजनिक हुने गरेका छन् । यसरी आज हजारौं नेपाली नागरिकहरु पीडित बनेका छन् ।
भर्खरै मात्र सल्यानका केहि घटनाहरु पनि सार्वजनिक भएका छन् । केहि दिन पहिले छत्रेश्वरीको घटना सेलाउन नपाउदै दार्मा गाउँपालिकामा अर्को घटना देखा पर्यो । परपुरुषसंग सल्किएपछि आमाहरु निर्दयी बन्दै आफ्नै सन्तानको हत्या गरेकी छन् भने अबैध शिशुको हत्या गरेर लुकाउन खोजेको घटना पनि सार्वजनिक भएको छ ।
एकातिर युवाहरुको रगत र पसिना विदेशमा बगेको छ, अर्कोतिर घरपरिवारदेखि टाढिनुपर्दाको छटपटीले परदेशिको मन जलिरहेको छ । त्यतिमात्रै होइन नागरिकहरुमा देशप्रतिको माया घटेको पनि छ । कैयौं नागरिकहरु आज जन्मभूमि विर्सने तरखरमा छन् । जसले विदेशमा राम्रो अवसर पाएका छन्, तिनीहरुले स्वदेश र जन्मभूमि नै विर्सन थालेका छन् ।
यसरी बैदेशिक रोजगारीले पैंसा त कमाउन सक्ने बनाएको छ तर पैंसा कमाउनका लागि भएको पीडा र पैंसा कमाउन जाँदा उत्पन्न समस्या एबं चिन्ताले झन बढि पीडा दिएको छ । पारिवारीक समस्या बढेको छ । पराई संस्कृति भित्रिएको छ । राष्ट्र र राष्ट्रियताप्रतिको भावना कमजोर भएको छ ।
यसरी एकातिर नागरिकहरु असुरक्षित छन् भने अर्कोतिर हजारौैं युवाहरुको पारिवारिक सम्बन्ध बिग्रीएको छ । विदेशबाट फर्किदा युवाहरु सम्पत्ति र श्रीमतीविहीन समेत भएका कैयौं उदाहरण छन् । अतः यो देशको समृद्धि चाहने हो भने युवाहरुलाई विदेश पठाउन उत्प्रेरणा दिने होईन । राज्यले आफ्ना नागरिकहरुका लागि स्वदेशमै रोजगारीका अवसर श्रृजना गर्न जरुरी छ । राज्यले नागरिकहरुलाई सामाजिक आर्थिक न्याए दिन जरुरी छ । बैदेशिक रोजगारीका कारण नागरिकहरुले भोग्नुपरेका पीडाहरुबाट सरकारले केहि पाठ सिकोस् र नागरिकहरुका लागि सोचोस् ।

प्रतिक्रिया दिनुहोस

<