सल्यानमा कोरोनाबाट थप एक जनाको मृत्यु


सल्यान, ९ माघ ।

सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचाररत शारदा नगरपालिका–३ का ९० वर्षीय वृद्धको मृत्यु भएको हो ।

गत पुस २७ गते सामान्य बिरामी भएर अस्पताल भर्ना भएका वृद्धको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । विरामी भएर अस्पताल भर्ना भएका उनको कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

यसअघि पनि सल्यान श्रीनगरका एक जनाको कोरोनाबाटै मृत्यु भएको थियो । यससँगै सल्यानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

सल्यानमा हालसम्म सात सय भन्दा बढी कोरोना भाइरस संक्रमित छन् । जसमध्ये २५ जना सक्रिय संक्रमित रहेको र बाँकी सबै निको भइसकेका छन् । सक्रिय संक्रमितमध्ये एक जनाको जिल्ला अस्पताल र बाँकी २४ जना होम आइसोलेसनमा उपचार भइरहेको फोकल पर्सन पुनले बताए ।

प्रतिक्रिया दिनुहोस

<