शारदा नगरपालिका,१ श्रीनगरमा च्याउबाट राम्रो आम्दानी

सल्यान, ८ माघ ।
सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा च्याउबाट राम्रो आम्दानी हुदैआएको छ ।

कृषि बिकास कार्यालय प्रधानमंत्री कृषि आधुनिकिकरण परियोजनाले रुद्रेश्वर च्याउ पकेट संचालक समितिलाई आ.व.०७४÷०७५ देखि च्याउ उत्पादनकोलागी अनुदान सहयोग गर्दै आएको छ ।

गत आर्थिक बर्ष सम्ममा १८ जना च्याउ कृषकले उत्पादन गरिरहेकोमा यस आर्थिक बर्षदेखि २५ जना लाभान्ति संख्या पु¥याउने यस समितिले लक्ष्य लिएको हो ।

कन्ये जातको च्याउको बीँउ, पराल, टहरा बनाउन सहयोग पुगेपछि कृषकहरु उत्साही भएकाहुन ।

      उत्पादित च्याउको बजार भाउ र बजार पनि राम्रो भएकोले आर्थिक रुपमा कृषकहरुलाई ठूलो सहयोग पुगेको छ ।

बिगतका समयमा च्याउको बारेमा बुझाउन समेत कठिनाई परेको र आजभोली च्याउ खरिदगर्न उपभोतmाहरु उत्पादन स्थलमा पुग्ने गरेको पूर्ब समिति संयोजक लक्ष्मी गिरीले बताईन ।

भबिष्यमा च्याउको राम्रो ब्यवसायिक सम्भावना रहेकोले आगामी दिनमा यसको राम्रो प्रवद्र्धन गर्ने सोच यस पकेटका संयोजक दिपेन्द्र थापाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस

<