सल्यानको बाफुखोलामा पर्ने दोभान बजार क्षेत्र अनिश्चित कालको लागि सिल

सल्यान, ६ मंसिर ।
सल्यानको दोभान बजार अनिश्चित कालको लागि सिल गरिएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं. १२ मा पर्ने दोभान बजार अनिश्चित कालको लागि सिल गरिएको हो ।

कोरोनाको लक्षण सहित स्थानीयमा संक्रमण देखिएकाले वडा कार्यालयको निर्देशन र बजार ब्यवस्थापन समितिको निर्णय बमोजिम मंसिर ६ गते देखि अनिश्चित कालको लागि सिल गरिएको हो ।

पुर्वमा रोल्पाको सिमाना दर्का, पश्चिममा खौला, उत्तरमा रुकुम सुकिदह सिमाना र दक्षिणमा वडा नम्बर ११ को रातामाटा क्षेत्र भित्र सिल गरिएको बजार ब्यवस्थापन समितिका अध्यक्ष डिल्ली बहादुर वलीले जानकारी दिनुभयो ।

साथै यस अबधिमा सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था, बित्तीय संस्था, पसल, ब्यवसाय लगाएत सम्पुर्ण बन्द गरिएको र अतिआवश्यक सेवाहरु बिहान ८ बजे देखि ९ बजे सम्म संचालन गर्न दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

<