सल्यानकी चेली पुष्पालाई नेपालगञ्जमा हाफ म्याराथन उपाधि

सल्यान, ६ मंसिर ।

पुष्पा भण्डारीले नेपालगन्जमा म्याराथनतर्फ महिला हाफ म्याराथनको उपाधि जित्नुभएको छ । विभागीय टोली एपीएफकी छैटौं धारा तर्फ पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभएको छ  ।

१३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नेुभएको छ  । दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त र्गनुभएको छ । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै १५ हजार रुपैयाँ जित्तिनुभएको छ ।

लुम्बिनी प्रदेशकि शर्मिला घर्तीले तेस्रो स्थान हासिल गर्नुभएको छ । दाङकी शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्नुभएको हो । उहाँले १० हजार रुपैयाँ पाउनुहुनेछ ।

चौथो स्थानमा सुदूरपश्चिमकी सकुन्तला ठगुन्नाले १ घण्टा ४२ मिनेट ६ सेकेन्डको समय निकाल्नुभएको थियो । लुम्बिनीकै अनिशा चौधरी पाँचौ तथा कलपना चौधरी छैटौं हुनुभएको छ ।

अनिशाले १ घण्टा ४२ मिनेट २२ सेकेन्ड तथा कल्पना ३० सेकेन्डले पछि पर्नुभएको छ । चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

<