दशैंको चहलपहल बढ्यो

कुमाख समाचार
सल्यान ४ असोज

नागपञ्चमीपछि रक्षाबन्धन तथा जनैपूर्णिमा, जन्माष्टमी, तीज, पञ्चमी, विश्वकर्म पुजा लगायतका विभिन्न पर्वहरुपश्चात अब फेरी दशैं र तिहारको चहलपहल बढ्न थालेको छ । दशैं तिहारको लागि भनेर मानिसहरु तयारी गर्न थालेका छन् । अँझ दशैं तिहारलाई लक्षित गरेर उद्योगहरुले विभिन्न बस्तुहरु उत्पादन गरिसकेका छन् । घरबाट बाहिर निस्कन वित्तिकै दशैंमा को कहाँ जाने र कति गते जाने भनेर कुरा गरेको हामीले सुन्न थालेका छौं । दशैंमा खपत हुने खसीबोका, दशैंका लागि टिकट बुकिङ, दशैंका लागि लत्ताकपडा जोरजाम लगायत विभिन्न कामहरुमा अहिले नागरिकहरु लागिरहेका छन् । नयाँ आर्थिक वर्ष सुरु भएसंगै भनौं अर्थात श्रावन शुक्ल पञ्चमीदेखि निरन्तर कुनै न कुनै चाडपर्वले नेपालीहरुका दिनहरु सार्थक र रसिला बन्ने गरेका छन् । कतिपयले चाडपर्व र संस्कृतिलाई निरर्थक र अनुत्पादक भनेर व्याख्या गर्ने गरेपनि अहिलेको सन्दर्भमा नागरिकहरु यस कुरालाई स्वीकार्ने देखिदैन । अपवाद्बाहेक सवै नागरिकहरु नेपाली संस्कृतिम रमाईरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

<