कति छन् सल्यानमा बैंक ?

सल्यान ३ भदौं
सल्यानमा केही वर्ष अघिसम्म नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लगायतका जम्मा २÷३ वटा बैंकका शाखाहरुले मात्रै सेवा दिदै आएकोमा अहिले करीब २ दर्जन शाखाहरुले सेवा दिईरहेका छन् । सल्यानका जम्मा १० वटा स्थानीय तहमध्ये शारदा नगरपालिकामा मात्रै करीब एक दर्जन बैंक छन् भने अन्यत्र तिनैका शाखा र थप बैंकहरु विस्तार भएका छन् ।

कुन स्थानीय तहमा कति छन् बैंक ?

सल्यानको शारदा नगरपालिका र त्यसमा पनि जिल्ला सदरमुकाम खलंगामा हाल ४ वटा बैंकले सेवा दिईरहेका छन् । सवैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड, कुमारी बैंक र मेगा बैंक र ग्रामिण विकास बैंक लगायतले सदरमुकाम खलंगाबाट सेवा दिईरहेका छन् ।

त्यस्तै सल्यानको प्रमुख व्यापारिक केन्द्र शारदा नगरपालिका १, श्रीनगरमा मात्रै करीब १ दर्जन बैंक रहेका छन् । जसमा कृषि विकास बैंक, नेपाल बंगलादेश बैंक, ग्लोबल आइएमई बैंक, मुक्तिनाथ बैंक, हिमालय बैंक, शिविल बैंक, माछापुच्छूे बैंक, जनता बैंक, एन आईसी बैैंक, ज्योति विकास बैंक रहेका छन् ।

त्यस्तै सल्यानको बागचौर नगरपालिकामा ३ वटा बैंक रहेका छन् । मुक्तिनाथ बैंक, नेपाल बैंक लिमिटेड र जनता बैंकले सेवा दिईरहेका छन् । दार्मा गाउँपालिकामा नविल बैंकले सेवा दिईरहेको छ । कपुरकोट गाउँपालिकामा कुमारी बैंक र मेगा बैंकले सेवा दिईरहेका छन् । सिद्देश्वरी गाउपालिकामा लक्ष्मि बैंकले सेवा दिइरहेको छ । कालिमाटी गाउँपालिकामा नेपाल बंगलादेश बैंकले सेवा दिईरहेको छ । छत्रेश्वरी गाउँपालिकामा नेपाल ईन्भेष्टमेन्ट बैंकले सेवा दिईरहेको छ ।त्रिवेणी गाउपालिकामा राष्ट्रिय वाणिज्य बैंक र मुक्तिनाथ बैंकले सेवा दिईरहेका छन् । बन्गाड कुपिन्डे नगरपालिकामा लक्ष्मि बैंकले सेवा दिईरहेको छ । त्यस्तै कुमाख गाउँपालिकामा हिमालयन बैंकले सेवा दिईरहेको छ ।

यसरी सल्यानमा केही वर्षयता बैंकको संख्या ह्वात्तै बढेको छ । शारदा नगरपालिकाको श्रीनगर बजारमा रहेका बैंकहरुबीच सेवामा प्रतिश्पर्धा हुने अवस्था आएको छ । बैंकिङ प्रणाली नै राम्रो भएका कारण सेवा सवैको प्रभावकारीता छ ता पनि सेवा लिनका लागि निर्धारित शर्तहरु पुरा गर्नुपर्ने भएकोले जनताको सहज पहुँच भने पुग्न सकेको छैन । आम जनताले अहिले पनि सहज रुपमा ऋण लिएर काम गर्ने, व्यवशाय गर्ने वा कारोबार गर्ने अवस्था आईसकेको छैन । गरिबहरुको पहुँचमा अँझै पनि बैंकहरु पुग्न सकेका छैनन् । अहिले पनि समग्रमा भन्नुपर्दा सम्पन्न वर्गकै पहुँचमा बैंक एबं वित्तिय संस्थाहरु रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

<