बाँझो जमिनमा सिचाई पुगेपछि कृषकमा छायो खुशी

सल्यान, ६ साउन ।
प्रदेश सरकार तथा जिल्ला कृषि विकास सल्यानको आर्थिक सहयोगमा बाझो जमिनमा सिचाइ कुलो पुगे पछि स्थानीय खुशी भएका छन ।

गाउँ नजिकै वर्षभरी बग्ने खोला भए पनि सिँचाईको अभाव भएको बनगाड कुपिण्डे नगरपालिका वडा न २ को चैतुवा गाउँमा वषौं पछि सिँचाई सुविधा पुगेको छ । सिँचाई पोखरी निमार्ण पछि खेती किसानीमा सहज भएसँगै गाउँमा खुशीयाली छाएको छ ।

 

सिँचाई कुलो नहुँदा हिँउदेखेती लगाउन नपाई पुरै जमिन बाँझो राख्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय भोला प्रसाद शर्माले बताए । उनले भने पानी अभावले बाली सुक्ने, खेती राम्रो नहुने , मेहनत मात्र गर्नुपर्ने सबै प्रकारको समस्या हटेको छ ।

गाउँले आफैले सिँचाई निमार्ण गर्न सम्भव नभएपछि सिँचाई निमार्ण गरिदिन पटक पटकको प्रयास पछि कृषि विकास कार्यालय सल्यानको पहलमा सिचाई कुलो निमार्ण गरिएको स्थानीय शंकर प्रसाद शर्माले बताए ।

सिँचाई अभावका कारण खेती गर्दा धेरै दुःख भोग्दै आए पनि अब भने सहज हुने शर्माको भनाई छ । उनले भने सिचाईको अभावका कारण खेती योग्य जमिन बाँझो बस्दै आइरहेको थियो । आकाशेपानीको भरमा खेती गर्नु पर्ने बाध्यता अव अन्त्य भएको छ ।

सिँचाई निमार्णपछि अहिले आफुहरु बेमौसमी खेती गर्नुका साथै अन्य फलफुल साग तरकारी समेत लगाउने तयारी गरेको अर्का स्थानीय खिम प्रकाश शर्माले बताए ।

सिँचाई अभावले यसभन्दा अघि आकाशे पानीको भरमा मात्र खेती गर्दै आइरहेको उनको भनाई छ ।

उनले भने सिचाई अभावले गर्दा हरियो सागापात र तकारी समेत नपाउने यो गाउँमा अव भने तरकारी उत्पादन गरेर आर्थिक आम्दानी समेत गर्न सकिने भयो ।

वडा न २ को कागुने खोलाबाट ३५ सय मिटर टाढाबाट पाइप मार्फत पानी लगी सिचाई व्यवस्था गरिएको उनको भनाई छ ।

बोटबिरुवा ५ लाखको, थ्रेसर १ एउटा, पानी चार्ज सजिलो फिरफिरे स्पिरिङ्ग कलर, लगाएको छन ।

कृषि विकास कार्यालय सल्यानको झन्डै ५० लाख लागतमा तीन वटा सिचाई पोखरी १ लाख ५० हजार घनमिटरका सिचाइ पोखरी ४२ हजार २ वटा पानी पोखरी निमार्ण गरिएको छ ।

पानी अभावकै कारण खेत बाँझै राख्नुपर्ने समस्या हटेको र खेती उत्पादनमा वृद्धि हुने उनले बताए ।

सिचाई कुलोबाट ४३ घरपरिवारलाई सिचाईका लागि सहज हुने उनले बताए । झन्डै ३२ हजार हेक्टर क्षेक्रफलमा सिँचाई सुविधा पुग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

<