क्रमितलाई पनि देखायो नेगेटिभ, राजस्थानमा र्‍यापिड टेस्ट किट बन्द

                           परीक्षणको पाँच प्रतिशत मात्रै सही रिपोर्ट

एजेन्सी, बैशाख ९, २०७७ नयाँदिल्ली :
कोरोना संकट चुलिइरहेका बेला भारतको राजस्थान राज्य सरकारले र्‍यापिड टेस्ट किट प्रयोगमै प्रतिबन्ध लगाएको छ। कोरोना भाइरस संक्रमित बिरामीको रिपोर्ट पनि नेगेटिभ देखाएपछि राज्य सरकारले यस्तो कदम चालेको हो। राज्य सरकारले यस किटलाई कोरोना जाँचमा फेल सावित घोषणा गर्दै राज्य सरकारले उक्त निर्णय लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। र्‍यापिड टेस्ट किटबाट त्यहाँ १२३२ जनाको परीक्षण गरिएको थियो। तर केवल दुईजनामा मात्रै कोरोना पोजेटिभ देखिएको थियो।
आरडीटीको नतिजा सही भए नभएको पत्ता लगाउन त्यहाँ पीसीआर परीक्षण पनि गरिएको थियो। जसमा रिपोर्ट नेगेटिभ आएको देखायो। अब राज्य सरकारले र्‍यापिड टेस्ट किटबाट गरिने जाँच नै रोकिदिएको हो। यो किटलाई फिर्ता नै गर्ने निचोडमा राज्य सरकार पुगेको छ। भारतमा राजस्थान राज्य सरकार र्‍यापिड टेस्ट किट प्रयोगको अनुमति दिने पहिलो प्रान्त हो। केबल ५ प्रतितश सही रिपोर्ट : स्वास्थ्य मन्त्री राजस्थानका स्वास्थ्य मन्त्री डा. रघु शर्माका अनुसार र्‍यापिड टेस्टिङ्ग किटको प्रभाव जान्‍नका लागि एउटा कमिटी नै बनाइएको छ।
यस किट्सको सत्यापन ९० प्रतिशत हुनु पर्ने थियो। तर केबल ५.४ प्रतिशत मात्रै देखाएको छ। परीक्षणका क्रममा जुन तापक्रमलाई आधार मानिएको थियो, उसको पनि पूर्ण पालना गरिएको थियो। त्यसका बावजुद यो किटबाट गरिएको परीक्षण केबल ५ प्रतिशत मात्रै सही पाइएको हो । ‘विशेषज्ञ टिमले अहिलेलाई यो टेस्टिङ्ग किटको प्रयोगको कुनै फाइदा नहुने बताएका छन्’, उनले भने, ‘यस्तोमा र्‍यापिड टेस्टिङ्ग किटबाट जाँच रोकिएको छ। अब पहिले जस्तै पीसीआर विधिबाटै जाँच हुनेछ। पीसीआर परीक्षणलाई तीव्र बनाइने छ।
‘ ६ सय रुपैयाँको एक टेस्ट किट समाचार अनुसार जयपुरको एसएमएस अस्पतालमा डाक्टरले संक्रमितको जाँच र्‍यापिड टेस्ट किटबाट गरिएको परीक्षणमा केवल ५ प्रतिशत मात्रै पोजेटिभ पाइएको छ। यस्तोमा पीसीआर परीक्षण नै सबैभन्दा राम्रो विकल्प मानिएको छ। राजस्थानको जयपुरमा १७ अप्रिलमा पहिलो पटक र्‍यापिड टेस्ट किटबाट जाँच थालिएको थियो। प्रदेशमा अहिलेसम्म ४० हजार र्‍यापिड किट पुगेका छन्। त्यहाँ जम्मा एक लाख किट मगाइएको थियो। एक किटको भारतीय मूल्य ६ सय रुपैयाँ रहेको छ।
thahakhabar

प्रतिक्रिया दिनुहोस

<